विश्वकप फुटबलमा आयोजक राष्ट्र उद्घाटन खेलमा पहिलोपटक हारेर कतारद्वारा विश्व रेकर्ड

विश्वकप फुटबलमा आयोजक राष्ट्र उद्घाटन खेलमा पहिलोपटक हारेर कतारद्वारा विश्व रेकर्ड
तस्बिर : FIFA फिफा फेसबुक पेज
www.europenepalikhabar.com २०७९ मंसीर ४ गते आइतबार, 20-11-2022


फिफा विश्वकप २०२२ मा आयोजक कतार उद्‌घाटन खेलमा पराजित भएको छ।

आइतबार  राति भएको उद्घाटन खेलमा कतारलाई इक्वेइडरले २-० गोलले हराएको हो।

उसका लगि दुवै गोल इनर भ्यालेन्सियाले गरे। उनले खेलको १६ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे। ३१ मिनेटमा उनलये अग्रता दोब्बर पारे।

समूह ‘ए’ को यो खेलमा जित हात पारेसँगै इक्वेइडरले तीन अंक जोड्न सफल भएको छ।

विश्वकपमा भोलि सोमबार साँझ ६:४५ मा  इंग्ल्यान्ड र इरान समूह बीको खेलमा तथा राति ९:४५ मा सेनेगल र नेदरल्यान्ड्स समूह एको खेलमा प्रतिस्पर्धा गर्नेछन्। 

 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित