उरुग्वेमाथि सानदार जीत निकाल्दै पोर्चुगल अन्तिम १६ मा

उरुग्वेमाथि सानदार जीत निकाल्दै  पोर्चुगल अन्तिम १६ मा
Picture : FIFA
२०७९ मंसीर १२ गते सोमबार, 28-11-2022


फिफा विश्वकप २०२२ मा पोर्चुगल अन्तिम १६ मा पुगेको छ।

समूह ‘एच’ को आफ्नो दोस्रो खेलमा जित निकाल्ने क्रममा पोर्चुगलले उरुग्वेलाई २-० गोलले हरायो।

यसअघि घानालाई हराएको पोर्चुगल लगातार दोस्रो जित निकाल्दै अन्तिम १६ मा पुगेको हो।

उरुग्वेलाई पराजित गर्ने क्रममा पोर्चुगलका लागि ब्रुनो फर्नान्डेजले दुई गोल गरे।

उनले खेलको ५४ मिनेटमा गुइरेरोको पासमा पहिलो गोल गरेका थिए।

दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा पेनाल्टीमार्फत उनले पोर्चुगलको अग्रता दोब्बर पारेका थिए।

जिमिनेजले डिबक्सभित्र ह्यान्ड गरेपछि पोर्चुगललाई दिइएको पेनाल्टीलाई फर्नान्डेजले सदुपयोग गरे।

यसअघि पहिलो खेलमा घानालाई हराएको शीर्ष स्थानको पोर्चुगलले समूहमा ६ अंक जोड्यो।

दोस्रो स्थानको घानाको ३ अंक छ भने उरुग्वे र दक्षिण कोरियाले १-१ अंक जोडेका छन्।

अब अन्तिम चरणमा पोर्चुगल र दक्षिण कोरिया तथा घाना र उरुग्वेबीच खेल हुनेछ। पोर्चुगलबाहेक बाँकी तीन टिमलाई अन्तिम १६ मा पुग्न जित आवश्यक छ।

लुसेल रंगशालामा भएको खेलमा पोर्चुगलले हाबी भएको खेलमा पछि परेको उरुग्वेले अन्तिम १६ मा  छनोटको लागि आफ्नो अन्तिम समूह एच खेलमा घानालाई हराउनुपर्छ। 

लाडी म्याक्सी गोमेजले पोस्टमा प्रहार गरेका थिए।

दोस्रो हाफमा इन्द्रेणी झण्डा बोकेका र अगाडि ‘सेभ युक्रेन’ र पछाडि ‘इरानी महिलाको सम्मान’ लेखिएको टिसर्ट लगाएका मानिसका कारण केही बेर खेल अवरुद्ध भएको थियो।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित