फुटबल विश्वकपका १० अनौठा कीर्तिमान

फुटबल विश्वकपका १० अनौठा कीर्तिमान
तस्बिर : गुगल
www.europenepalikhabar.com २०७९ मंसीर १४ गते बुधबार, 30-11-2022


फिफा विश्वकप, विश्वको सबैभन्दा प्रतिष्ठित खेलकुद महोत्सव हो । जहाँ अनौठा घटना र कीर्तिमानहरु भइरहन्छन् । हाल विश्वकपको २२ औं संस्करण चल्दैछ । २०१८ को विश्वकपसम्म भएका अनौठा यी कीर्तिमान हामीले उल्लेख गरेका छौं । जुन तोडिन असम्भवजस्तै छ ।

१. विश्वकपको एक संस्करणमा सबैभन्दा बढी गोल गर्ने खेलाडी

फ्रान्सका पूर्व खेलाडी जस्ट फोन्टाइनले एकै संस्करणमा सबैभन्दा बढी गोल गर्ने खेलाडीको रेकर्ड आफ्नो नाममा राखेका छन् । उनले १९५८ मा स्विडेनमा आयोजना भएको विश्वकपको छैटौं संस्करणमा एक्लैले १३ गोल गर्दै फोन्टाइनले कीर्तिमान राखेका हुन् ।

२. विश्वकप फाइनलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी

वास्तवमा पेलेको नाममा धेरै कीर्तिमान छन् । उनी विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी ((१७ वर्ष २३९ दिन), विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा कान्छा खेलाडी (१७ वर्ष २४४ दिन) र विश्वकपमा सबैभन्दा धेरै असिस्ट (१०)गर्ने खेलाडी हुन् । उनी विश्वकप फाइनलमा तीन गोल गर्ने चारमध्ये एक हुन् । उनी आधिकारिक रुपमा तीन फरक विश्वकप जित्ने केवल एकमात्र खेलाडीसमेत हुन् ।

सन् १९७० मा ब्राजिलले विश्वकप जित्दा पेलेले सम्पूर्ण खेल खेले । गोल गोल गरे र ६ असिस्ट गरे । सन् १९६२ मा ब्राजिलले विश्वकप जित्दा उनले सुरुका दुई खेलमात्र खेलेका थिए । त्यसपछि चोटले टिमबाट बाहिरिए ।

त्यसको चार वर्षअघि स्वीडेनमा भएको विश्वकपमा एक किशोर खेलाडीका रुपमा क्वाटरफाइनलमा गोल गर्दै पेलेले आफ्नो विरासत स्थापना गरे । फ्रान्सलाई सेमिफाइनलमा हराउने क्रममा ह्याट्रिक गरे र फाइनलमा घरेलु टोलीलाई हराउन दुई गोल गरे ।

३. प्रशिक्षकको रुपमा सबैभन्दा बढी प्रतियोगिता

ब्राजिलियन प्रशिक्षक कार्लाेस अलबर्टो परेरा फिफा विश्वकपमा प्रशिक्षकको रुपमा सबैभन्दा बढी ६ पटकसम्म विश्वकपको अनुभव भएका महान व्यक्ति हुन् । उनी १९८२, १९९०, १९९४, १९९८ ,२००६ र २०१० मा ब्राजिल टिमको प्रशिक्षकका रुपमा कार्यरत थिए ।

४. विश्वकपमा सबैभन्दा धेरै कप्तानी गर्ने खेलाडी

मेक्सिकोका डिफेन्डर राफेल मार्क्युज लगातार पाँच विश्वकपमा कप्तान बनेका खेलाडी हुन् । उनले २००२, २००६, २०१०, २०१४ र २०१८ मा मेक्सिकन टिमको कप्तानी गरेका थिए ।

५. सबैभन्दा बढी समय खेल्ने खेलाडी

इटलीका डिफेन्डर पाओलो माल्दिनी विश्वकपमा सबैभन्दा बढी मिनेट खेल्ने खेलाडी हुन् । सन् १९९० देखि २००२ सम्मको विश्वकप खेलेका उनी २२१६ मिनेटसम्म विश्वकप खेलका लागि मैदानमा रहे ।

उनले सर्वाधिक मिनेट मैदानमा खेल प्रदर्शन गरेका जर्मनका मिडफिल्डर लोथर म्याथ्युनको कीर्तिमान तोड्दै उनीभन्दा १७१ मिनेट मिनेट बढी समय खेलेका हुन् । हालका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी क्रमशः १ हजार ६४४ र १ हजार ६२५ खेलेका छन् ।

६. विश्वकपका सबैभन्दा पाका खेलाडी

इजिप्टका गोलरक्षक असम एल हेडरी हालसम्म विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडी हुन् । उनले २०१८ मा भएको विश्वकपमा इजिप्टबाट खेलेका थिए । जतिबेला उनी ४५ वर्ष १६१ दिनका थिए ।

उनले १५९ खेलमा कप्तानको भूमिका समेत निर्वाह गरे ।

७. सबैभन्दा पाका गोलकर्ता

४२ वर्षीय रोगर मिल्ला विश्वकपमा गोल गर्ने हालसम्मकै सबैभन्दा ,पाका खेलाडी हुन् । क्यामरुनी फर्वाड मिल्लाले ४२ वर्ष ३९ दिनको उमेरमा गोल गरेका थिए । सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा उनले रसियाविरुद्ध गोल गरेका थिए ।

८. एउटा खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी

रसियन फर्वाड ओलेग सालेन्को एक यस्ता खलाडी हुन् जसको नाम एउटै खेलबाट चर्चामा आयो । एउटै खेलबाट उनले फिफा विश्वकपमा गोल्डेन बुट जिते ।

उनी यू–२० विश्वकप र फिफा विश्वकप दुवैमा गोल्डेन बुट जित्ने एक मात्र खेलाडी हुन् । उनको टिम समुह चरणबाट बाहिरिए पनि गोल्डेन बुट जिते । उनले १९९४ मा अमेरिकामा भएको विश्वकपमा क्यामरुनविरुद्धको एकै खेलमा गरेको पाँच गोलले उनलाई गोल्डेन बुटको हकदार बनायो ।

९. हारेको खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी

अर्नस्ट विलिमोवस्की एक यस्ता खेलाडी हुन्, जसले हारेको खेलमा चार गोल गर्दै एक इतिहास लेखेका थिए । पोल्यान्डका फर्वाड विलिमोवस्कीले ६८८ खेल खेल्दै १हजार ७७ गोल गरेका छन् । १९३८ को विश्वकपमा नकआउट चरणमा पुगेको पोल्यान्डले अन्तिम १६ को खेल पेनाल्टीमा पुगेर ६–५ को नतिजामा बाहिरिएको थियो ।

पोल्यान्डका लागि निर्धारित समयमा २ गोल गरेका विलिमोवस्कीले अतिरिक्त समयमा गरेको ४ गोलले उनीले विश्वकपमा हारेको एकै खेलमा चार गोल गर्नेे खेलाडीको किर्तिमान पाएका छन् ।

१०.एकै खेलमा एउटै खेलाडीलाई  तीन पहेंलो कार्ड

क्रोएसियाका मुख्य डिफेन्डर जोसिप सिम्युनिख विश्वकपमा सबैभन्दा बढी पहेंलो कार्ड पाउने खेलाडी हुन् । उनले २००६ मा अष्ट्रेलियासँगको खेलमा ३ वटा पहेंलो कार्ड खाएका थिए ।

सन् २००६ मा क्रोयसिया र अष्ट्रेलियाबिच भएको २–२ को बराबरीको खेलमा जोसिपले ले ह्यारी केवेललाई उनको अनुहारमा हातले धकेलेको भन्दै पहिलो पहेंलो कार्ड खाएका थिए । दोस्रो कार्ड पनि खेलकै दौरान मार्क विडुका र जोशुवा क्यान्डीलाई जर्सी समातेर तानेको गल्तीमा पाएका थिए ।

त्यस्तै, मैदानबाट बाहिरिसकेपछि र खेल सकिइसकेको सिटी पनि उनले रेफ्रिको निर्णयमा असहमति जनाएको भन्दै तेस्रो पहेंलो कार्ड पाएका थिए । जसका कारण उनको नाममा एक अनौठो खालको रेकर्ड बनेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित