रामोसको चमत्कारिक ह्याट्रिक सहित पोर्चुगलले स्वीजरल्याण्डलाई ६-१ ले हराउँदै क्वाटरफाइनलमा

रामोसको चमत्कारिक ह्याट्रिक सहित पोर्चुगलले स्वीजरल्याण्डलाई ६-१ ले हराउँदै  क्वाटरफाइनलमा
www.europenepalikhabar.com २०७९ मंसीर २० गते मंगलबार, 6-12-2022


युरोपनेपाली खबर ।

पोर्चुगल । २१ बर्षे युवा फरवार्ड गोन्सालो रामोसको ह्याट्रिकमा पोर्चुगलले स्वीजरल्याण्डलाई ६-१ ले हराउँदै कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।पोर्चुगलले अब सेमिफाइनल प्रवेशका लागि मोरक्को विरुद्ध खेल्नेछ ।

खेलमा पहिलो हाफमै २ गोल गरेको पोर्चुगलले खेलको अन्तिमसम्म ६ गोल गर्न सफल भयो ।

खेलको १७ औं मिनेटमा २१ वर्षीय गोन्सालो रामोसले पोष्टको माथिल्लो कुनामा गोल गर्न सफल भए । ३२औं मिनेटमा पेपेले पोर्चुगलको कर्नर किकमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

पोर्चुगलका रामोसले ५१ औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई ३-० को अग्रता दिलाए । यो उनले गरेको दोश्रो गोल थियो । लगत्तै पोर्चुगलका तर्फबाट राफेल गुरेइरोले चौथो गोल गरे, त्यो पनि रामोसकै सहयोगमा ।

स्वीट्जरल्याण्डले पनि हार भने मानेको थिएन । म्यानुअल अकान्जीले गोल गर्दै पोर्चुगलसँगको गोल अन्तर घटाए ।

खेलको ६६ औं मिनेटमा पोर्चुगलका गोन्कालो रामोसले तेस्रो गोल गर्दै टोलीलाई ५-१ को अग्रता दिलाए । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो ७३औं मिनेटमा खेलमा प्रवेश गरेका थिए ।

स्टपेज टाइममा पनि पोर्चुगलले थप गोल गर्न सफल भयो । पोर्चुगलका राफेल लियोले छैटौं गोल गरे ।

स्पेनविरुद्ध मोरक्को विजयी

यस अगाडिको खेलमा पेनाल्टी सुटआउटमा स्पेनविरुद्ध मोरक्को विजयी भएको थियो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयको दुई १५ मिनेटपछि पनि मोरक्को र स्पेन बराबरी भएपछि राउन्ड अफ १६ खेलको निर्णय पेनाल्टी शुटआउटबाट गरिएको थियो ।

पेनाल्टी शुटआउटमा मोरक्को तीनगोल गर्न सफल भयो भने स्पेनले कुनै गोल गर्न सकेन ।

मोरक्कन गोलकिपरले अनगिन्ती आक्रमणहरू सहित स्पेनका तीन शटहरू बचाउन सफल भए । जसले गर्दा मोरक्कोलाई क्वार्टर फाइनलमा पुग्नको लागि मौका दियो ।

मोरक्कोका अब्देलहामिद साबिरी, हाकिम जियेच र अचराफ हाकिमीले सबैले गोल गरे । र स्पेनलाई पछि पार्दै विश्वकप २०२२ को क्वार्टरफाइनलको यात्रा तय गरे ।


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित