इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा, अब मोरोक्को र फ्रान्स तथा अर्जेन्टिना र क्रोएसियाको भीडन्त

इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा, अब मोरोक्को र फ्रान्स तथा अर्जेन्टिना र क्रोएसियाको भीडन्त
www.europenepalikhabar.com २०७९ मंसीर २४ गते शनिबार, 10-12-2022


कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वार्टरफाइनलमा साविक विश्वविजेता फ्रान्सले इंग्ल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेसँगै अन्तिम चारमा स्थान पक्का गरेका छ । 

फ्रान्सले अन्तिम चारमा स्थान बनाएसँगै कतार विश्वकपको अन्तिम चार टोलीको टुंगो लागेको हो । आजको खेलमा पहिलो हाफमा फ्रान्सका लागि १७ औँ मिनेटमा टचमेन्डीले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । 

दोस्रो हाफको ५४ औँ मिनेटमा इंग्ल्यान्डले पेनाल्टी पायो, जसमा कप्तान ह्यारी केनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । ७८ औँ मिनेटमा ओलिभर जिरुडको गोलबाट फ्रान्सले पुनः अग्रता बनायो । 

त्यसको केही मिनेटमै इंग्ल्यान्डले पेनाल्टी पाए पनि केन गोल गर्न असफल रहे । उनको प्रहार पोस्टभन्दा माथिबाट गएको थियो । 

अब सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सले पहिलोपटक सेमिफाइनल पुगेको मोरोक्कोसँग खेल्नेछ । यता, साविक उपविजेता क्रोएसियाले दुईपटकको विश्वविजेता अजेन्टिनाको सामना गर्नेछ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित