विश्वकप : फ्रान्सका राष्ट्रपति म्याक्रों कतारमा, अर्जेन्टिनाका राष्ट्रपति फर्नान्डिजले घरेलु मैदानमै खेल हेर्ने

विश्वकप : फ्रान्सका राष्ट्रपति म्याक्रों  कतारमा, अर्जेन्टिनाका राष्ट्रपति फर्नान्डिजले घरेलु मैदानमै खेल हेर्ने
www.europenepalikhabar.com २०७९ पुष ३ गते आइतबार, 18-12-2022


 एजेन्सी ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों सन् २०२२ को फिफा विश्वकपको फाइनल खेल हेरेर खेलाडी र शुभचिन्तकलाई साथ दिन आइतबार कतार गएका छन्।अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले भने फाइनल खेल हेर्नका लागि कतार जाने योजना नभएको बताए। 

आइतबार अर्जेन्टिनाले प्रतियोगितामा पहिलो स्थानका लागि फ्रान्ससँग खेल्नेछ। उनले भने, ‘लाखौँ देशवासीजस्तै म पनि घरेलु मैदानमा विश्वकप फाइनलको मजा लिनेछु। म यो अदभूत क्षणलाई पहिलेजस्तै मेरा मानिसहरूसँग मिलेर बाँच्नेछु । हाम्रा उत्कृष्ट खेलाडी मैदानमा हुनेछन् र गौरवशाली फ्यानहरू स्ट्यान्डमा हुनेछन्,’ फर्नान्डिजले ट्विटरमा लेखेका छन्। 

कतारको खलिफा रंगशालामा शनिबार भएको तेस्रो स्थानका लागि भएको प्लेअफमा मोरक्कोलाई २–१ गोलअन्तरले पराजित गर्दै क्रोएसियाले विश्वकप फाइनल खेलमा तेस्रो स्थान जित्न सफल भएको छ।  

रिपोर्टका अनुसार डिफेन्डिङ च्याम्पियन फ्रान्सका केही खेलाडी कोरोना भाइरसबाट प्रभावित भएका छन्, जसका कारण टोलीका प्रारम्भिक ‘सेन्टर ब्याक’ जोडीले आइतबार अर्जेन्टिनाविरुद्धको विश्वकप फाइनल खेल्न पाउने छैनन्। 

इएसपिएनका अनुसार राफेल भारानमा कोरोना भाइरसको हल्का लक्षण देखिएको छ भने डिफेन्डर इब्राहिमा कोनाटे बिरामी भएपछि कोठाबाट बाहिर निस्किएका छैनन्।  

वाराने र कोनाटेसहित पाँच फ्रान्सेली खेलाडीले अर्जेन्टिनाविरुद्ध विश्वकप फाइनलको दुई दिनअघि भएको प्रशिक्षणमा सहभागी हुन सकेका थिएनन्। डेयोट उपमेकानो, एड्रिएन राबिओट र किङ्स्ले कोमान हप्ताको सुरुमा बिरामी परेकोले शुक्रबारको अभ्यास खेलमा सहभागी हुन सकेनन्। 


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित