एनआरएनएको पढ्दै कमाउदै परियोजनाले युवाहरुलाई देशमा नै केही गरौं भन्ने भावना उत्प्रेरित गर्छ : रामशरण सिमखडा, एनआरएनए उपमहासचिव

एनआरएनएको पढ्दै कमाउदै परियोजनाले युवाहरुलाई देशमा नै केही गरौं भन्ने भावना उत्प्रेरित गर्छ  :  रामशरण सिमखडा, एनआरएनए उपमहासचिव
www.europenepalikhabar.com २०७९ पुष २६ गते मंगलबार, 10-01-2023


पोर्चुगल । गैरआवासीय नेपाली संघले ‘पढ्दै कमाउदै’ परियोजनाको अवधारणा ल्याएको छ । गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिमखडाका अनुसार देशका युवा शक्ति विदेशिने बढ्दो क्रमलाई रोक्ने एउटा बलियो आधार देशभित्र रोजगारीको अवसर सिर्जना गर्ने उदेश्यले सो अवधारण ल्याइएको हो ।

एनआरएनएले शुरु गर्न लागेको ‘पढ्दै कमाउदै’ परियोजनाको मूल उद्धेश्य विद्यालय स्तरबाट व्यावसायिक शिक्षाको शुरुवात गरी विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउनु हो ।

यो परियोजना हिमाली, पहाडी र तराई मधेशका ५ वटा जिल्लामा क्रमशस् शुरु गर्ने लक्ष लिईएको छ ।

बढ्दो शैक्षिक बेरोजगारी र ब्यबहारिक शिक्षा बिनाको पढाईले आत्मनिर्भरता कमहुंदै गैरहको परिप्रेक्षमा संघले “पढ्दै कमाउदै कार्यक्रम” शुरुवात गर्ने जमर्को गरेको हो ।

सो परियोजना लागू भए पछि परापूर्व काल देखिनै कृषि पेशामा रहेका र अझै पनि कृषिलाई व्यवसायको रूपमा विकाश गर्न सके देशबाट होनहार युवा शक्ति मात्र होइन राष्ट्रको ढुकुटी समेत विदेशिनबाट रोकिने विश्वास सिमखडाको रहेको छ ।

“पढ्दै कमाउदै कार्यक्रम” कार्यक्रमबारे जानकारी, सुझाब र आवश्यक कानूनी लगायत ब्यबहारिक बिषयहरुमा छलफल गर्न गैरआवासीय नेपाली संघले अगामि आइतवार एक बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

आइतवार साँझ नेपाली समय ५ बजे पछि भर्चुयल प्रबिधी ९जुम० मार्फत आयोजना हुने सो अन्तरक्रिया कार्यक्रममा सहभागी भई आफ्नो विचार र सुझाव दिन संघले आग्रह गरेको छ । कार्यक्रममा सरकारका उच्चपदस्तअधिकारी सहित नवनिर्वाचित सांसदहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित