एनआरएनएको अभिमूखीकरण कार्यक्रमलाई उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सम्बोधन गर्ने

एनआरएनएको अभिमूखीकरण कार्यक्रमलाई उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सम्बोधन गर्ने
www.europenepalikhabar.com २०७९ पुष २८ गते बिहीबार, 12-01-2023


पोर्चुगल । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्र. पौडेलले गैरआवासीय नेपालीहरुको अभिमुखीकरण कार्यक्रमलाई  सम्बोधन गर्ने भएका छन् ।

गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिमखडाका अनुसार गैरआवासीय नेपाली संघले औपाचारिक रुपमा घोषणा गर्न ‘पढ्दै कमाउदै’  परियोजनाको अभिमुखीकरण कार्यक्रमलाई मन्त्री पौडेलले सम्बोधन गर्ने भएका हुन् ।

जनवरी १५ तारिख आइतवार नेपाली समय साँझ ५ बजे पछि भर्चुयल प्रबिधी (जुम) मार्फत आयोजना हुने सो अन्तरक्रिया कार्यक्रमलाई संघका पूर्वअध्यक्षहरु डा. उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्त लगायत एक दर्जन सांसद सहित करिब डेढ दर्जन वक्ताले सम्बोधन गर्ने भएका छन् ।

देशका युवा शक्ति विदेशिने बढ्दो क्रमलाई रोक्ने एउटा बलियो आधार देशभित्र रोजगारीको अवसर सिर्जना गर्ने उदेश्यले सो अवधारण ल्याइएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

एनआरएनएले शुरु गर्न लागेको पढ्दै कमाउदै परियोजनाको मूल उद्धेश्य विद्यालय स्तरबाट व्यावसायिक शिक्षाको शुरुवात गरी विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउनु हो ।

यो परियोजना हिमाली, पहाडी र तराई मधेशका ५ वटा जिल्लामा क्रमशः शुरु गर्ने लक्ष लिईएको छ ।

बढ्दो शैक्षिक बेरोजगारी र ब्यबहारिक शिक्षा बिनाको पढाईले आत्मनिर्भरता कमहुंदै गैरहको परिप्रेक्षमा संघले “पढ्दै कमाउदै कार्यक्रम” शुरुवात गर्ने जमर्को गरेको हो ।

सो परियोजना लागू भए पछि परापूर्व काल देखिनै कृषि पेशामा रहेका र अझै पनि कृषिलाई व्यवसायको रूपमा विकाश गर्न सके देशबाट होनहार युवा शक्ति मात्र होइन राष्ट्रको ढुकुटी समेत विदेशिनबाट रोकिने उपमहासचिव रामशरण सिमखडाले विश्वास व्यक्त गरे ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित