युकेमा एक नेपालीको घरबाट २ करोड बराबरको सुनको गहना चोरी

युकेमा एक नेपालीको घरबाट २ करोड बराबरको सुनको गहना चोरी
www.europenepalikhabar.com २०७९ फागुन ९ गते मंगलबार, 21-02-2023


हिथ्रो नजिकै स्ट्यानवेलमा एक नेपालीको घरमा ठूलो मात्रामा सुनको गरगहना चोरी भएको छ । आइतवार साँझ करिब ६ बजेतिर क्लेयर रोड निवासी अमृत गुरुङको घरबाट दुई करोड रुपैया बराबरको करिब २ सय तोला सुनको गहना चोरी भएको हो ।

घरमा १३ वर्षिया बालक मात्र भएको मौका छोपेर चोरले नाटकिय रुपमा दाराज फोडी गरगहना लगेको गुरुङले बताए । उनले भने ‘सधैं आमा घरमै हुनुहुन्थ्यो घट्नाको दिन एकै छिन बाहिर लिएर गएको थिएँ । छोरा एक्लै थियो, त्यही मौकामा चोर घरमा पसेछ ।’ आमा घरमै बस्ने भएकाले सुन सुरक्षित हुने विश्वास गरेर गुरुङकी बहिनीलेसमेत करिब ४० तोला सुनसँगै राख्न दिएकी थिइन् ।

गुरुङले दिएको जानकारी अनुसार आमा, छोरी र बुहारीका गरगना जोड्दा करिब २ सय तोला सुन र केही हिरासमेत चोरी भएको छ ।

चोरी भएलगत्तै घट्नास्थलको निरीक्षण गरेर प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । चोरले घर अगाडिको ढोका आफै खोलेरभित्र छिरी सामान बोकेर पछाडिबाट भागेको अनुमान गरिएको छ । ४ जनाको संख्यामा रहेका चोरमध्ये एक जनाले बालकलाई कोठामै बस्न र फोन नचालउन भन्दै बन्दी बनाएको थियो । चोरले गरगहना चोरी गर्नुका साथै दराज र कुर्सी समेत तोडफोड गरेका छन् ।

पछिल्लो समयमा बेलायतस्थित नेपाली समुदायमा गरगहना चोरीको घट्ना बढ्दै गएको बताइन्छ । हन्स्लो बरोका काउन्सिलर विष्णु गुरुङले भूपूगोर्खा परिवारको घरमा धेरै चोरी हुने गरेको बताए । ‘सुन जोडे पनि घरमा राख्नु हुदैन भनेर सम्झाउँदा पनि सुन्दैनन् । चोरीको घट्ना बढेको बढैछ’ गुरुङले भने । उनले गरगहाना घरमा राख्नु धेरै जोखिम हुने भन्दै भएको गरगहना लकरमा राख्न सुझाव दिए ।


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित