रोमानियाका नेपालीहरुको राहदानी नवीकरण कार्यक्रम २५ फेब्रुअरीसम्म संचालन हुने

रोमानियाका नेपालीहरुको राहदानी नवीकरण कार्यक्रम २५ फेब्रुअरीसम्म संचालन हुने
www.europenepalikhabar.com २०७९ फागुन ११ गते बिहीबार, 23-02-2023


- लाक्पा तेन्जी लामा, रोमानिया ।

पुर्वी युरोपेली मुलुक रोमानियास्थित नेपाली अवैतनिक बाणिज्यदूतवास र नेपाली अवैतानिक बाणिज्यदूत नवराज पोख्रेलको विशेष पहलमा फेब्रुअरी २० तारिखबाट यहाँका नेपालीहरूको बिद्धुतिय राहदानी बनाउने र नवीकरण गर्ने कार्यक्रम सुरु भएको छ र यो २५ फेब्रुअरीसम्म चल्नेछ । 

आगामी जुलाई ३० सम्म अन्तिम मिति भएका करिब ३ सय जना राहदानीबाहक नेपालीहरुले यसबाट लाभ पाउने अपेक्षा गरिएको छ । आगामी  फेब्रुअरी २५ तारिख आइतबारसम्ममा विद्युतीय राहदानी नवीकरण गरिने कार्यक्रम रहेको छ ।

राहदानी नवीकरण कार्यक्रममा नेपाली राजदूतावास जर्मनबाट एक जना प्रतिनिधि रोमानियाको बुकारेस्टका लागि खटिएका छन् । यस्तै, रोमानियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिसँगै त्यहाँ रहेका नेपालीहरुले पनि स्वयम् सेवकको भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

आफ्नो राहदानीको मिति सकिन लागेको र नयाँ नवीकरणका लागि नेपाल गइरहनु नपर्ने र प्रबासमै विद्युतीय राहदानी लिन पाएपछि त्यहाँ रहेका नेपालीहरु खुसी देखिएका छन् । लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एम.आर.पी. लागू गरेको राहदानी विभागले त्यसको झन्डै १२ वर्षपछि ई–पासपोर्ट प्रयोगमा ल्याएको हो।

अब विभागले दिने विद्युतीय राहदानीमा विद्युतीय चिप हुने र त्यसमा सम्बन्धित व्यक्तिका सम्पूर्ण विवरणहरू समाविष्ट हुने भएकाले एमआरपीको तुलनामा ई–पासपोर्ट बढी विश्वसनीय र सुरक्षित रहेको बताइएको छ ।

ई–पासपोर्ट बनाउन नेपालमा विद्युतीय राहदानी लिनका लागि सरकारले जारी गरेको राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य रहेको राहदानी विभागले जनाएको छ । राष्ट्रिय परिचयपत्रमा जुन विवरणहरू हुन्छ त्यसको प्रमाणिकरण ई–पासपोर्टमा हुन्छ। विदेशमा भएका कारण राष्ट्रिय परिचयपत्र बनाउन नसक्ने व्यक्तिको हकमा भने एमआरपीलाई नै आधार मानिने विभागले जनाएको छ।

आवेदन गरेको ९० दिनमा ई पासपोर्ट आउने बताइएको छ । लामा भन्छन्– ‘प्रबासमै विद्युतीय राहदानी बनाउन पाउँदा रोमानियामा रहेका नेपालीहरू खुशी छन् । यो कार्यक्रम बार्षिक ३ पटकसम्म भएमा यहाँ रहेका अझ धेरै नेपाली लाभान्वित हुनेछन् ।’

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित