बाबा राजेश्वरी अष्ट्रियाको लागि पर्यटनदूत नियुक्त

बाबा राजेश्वरी अष्ट्रियाको लागि पर्यटनदूत नियुक्त
अष्ट्रियाको लागि पर्यटनदूत बाबा राजेश्वरी थापा
www.europenepalikhabar.com २०७९ फागुन ११ गते बिहीबार, 23-02-2023


पोर्चुगल । झन्डै  १५ बर्षदेखि युरोपेली मुलुक अष्ट्रियाको राजधानी भियना बस्दै आएकी बाबा राजेश्वरी थापा नेपाल सरकार पर्यटन मन्त्रालयको नेपाल पर्यटन बोर्डबाट अष्ट्रियाको लागि पर्यटनदूत नियुक्त भएकी छन् ।

पर्यटनदूतको पदलाई अर्को भाषामा Honorary Public Relation Representative अर्थात् मानार्थ जनसम्पर्क प्रतिनिधि समेत भनेर बुझ्ने गरिन्छ ।

अष्ट्रियन यूनिभर्सिटीबाट पर्यटन व्यवसाय प्रवर्द्धनमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी थापा गैरआवासीय नेपाली संघ मिडिया समितिको को-चेयर, प्रवासी नेपाली मंच अष्ट्रियाकी सचिव लगायत प्रवासका विभिन्न संघ-संस्थाहरुमा सकृय र नेतृत्वदायी भूमिकामा खेल्दै आएकी छन् । उनी आमसंचार र पत्रकारको रूपमा पनि क्रियाशील छिन् ।

उनको नियुक्तिलाई उपयुक्त पदमा सही व्यक्तिको छनौट भएको भनी प्रवासमा रहेका नेपालीहरुले खुशी व्यक्त गरेका छन् ।

नियुक्तिपछि उनले नेपालको पर्यटन प्रवर्द्धनका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिक्रिया दिइन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित