संखुवासभाको खाँदबारीमा १ नम्बर प्रदेशस्तरीय बौद्ध सम्मेलन सुरु

संखुवासभाको खाँदबारीमा १ नम्बर प्रदेशस्तरीय बौद्ध सम्मेलन सुरु
www.europenepalikhabar.com २०७९ फागुन १३ गते शनिबार, 25-02-2023


संखुवासभा । सदरमुकाम खाँदबारीमा शनिबारबाट प्रदेश १ स्तरीय बौद्ध सम्मेलन सुरु भएको छ । प्रदेशस्तरीय अनुसन्धान केन्द्र र बौद्ध संग्रहालय निर्माण गर्ने उद्देश्यका साथ दुईदिने सम्मेलन सुरु भएको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालय र जिल्ला समन्वय समिति संखुवासभाको संयुक्त आयोजनामा भएको सम्मेलनमा विभिन्न जात जातिको झाँकीसहितको र्‍याली प्रदर्शन गरिएको थियो । शताव्दी पुरुष १०५ वर्षीय बौद्ध धर्मगुरु मानवीर गुरुङले सम्मेलनको उद्घाटन गरेका थिए ।

बौद्ध सम्मेलनमा आइतबार र सोमबार १५ जना बौद्ध विद्वानहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । संखुवासभामा प्रदेशस्तरीय अनुसन्धान केन्द्र तथा बौद्ध संग्रहालय स्थापना भए जिल्लालाई धार्मिक, ऐतिहासिक तथा पूरातात्विक अध्ययन केन्द्रको रुपमा विकास गर्न सकिने जिससका प्रमुख सुमन शाक्यले बताए । उनले संखुवासभालाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न समेत टेवा पुग्ने बताए ।

सम्मेलनको उद्घाटनको पहिलो दिन सबै जातजातिको झाँकी, र्‍यालीसहितको सबै जातजातिको कला–संस्कृति प्रदर्शन गरिएको छ । सङ्खुवासभामा बौद्ध दर्शनका बारेमा अनुसन्धान केन्द्र खोल्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

कार्यक्रममा लुम्बिनी विश्वविद्यालयका प्रोफेसर, विज्ञ, प्राध्यापक, डाक्टर, बौद्धभिक्षु र त्यसका अनुयायी सहभागी छन् । दोस्रो दिन विज्ञका कार्यपत्र प्रस्तुत, भिक्षुको प्रवचन, बौद्ध दर्शनका बारेमा छलफल र अन्तरक्रिया हुनेछ । तेस्रो दिन कार्यपत्र र कार्यक्रमको निष्कर्ष रहने बताइएको छ ।

सम्मेलनको दोस्रो दिन आइतबार जिल्ला समन्वय समितिको सभाहलमा १५ बौद्ध विद्वानले कार्यपत्र प्रस्तुत गर्नेछन् । उक्त कार्यपत्रमाथि सोही दिन छलफल हुनेछ । सङ्खुवासभामा प्रदेशस्तरीय अनुसन्धान केन्द्र तथा बौद्ध सङ्ग्रहालय स्थापना भए जिल्लालाई धार्मिक, ऐतिहासिक तथा पुरातात्विक अध्ययन केन्द्रका रूपमा विकास गर्न कार्यक्रमको आयोजना गरिएको विज्ञ डा.मात्रिका तिम्सिनाले बताए ।

कार्यक्रममा लुम्विनी विश्वविद्यालका उपकुलपति तिलक आचार्य, पूर्वाञ्चल विश्वविद्यालयका डिन अनिल पोखरेल, संस्कृतिविद रमेश ढुंगेल सहितका विशिष्ट व्यक्तिहरु र बौद्ध दर्शनका स्थानीय बुद्धिजीवीहरु डा मातृकाप्रसाद तिम्सिना, राजेन्द्र थापा लगायत उपस्थिति रहेको छ । 


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित