माधव नेपालका भाई सरोजले किन रेष्टुरेन्टको छैठौ तलाबाट हाम फाले ?

माधव नेपालका भाई सरोजले किन रेष्टुरेन्टको छैठौ तलाबाट हाम फाले ?
www.europenepalikhabar.com २०७९ फागुन २० गते शनिबार, 4-03-2023


एम्बियस रेष्टुरेन्टको छैठौ तलाबाट हाम फालेका माधव नेपालका भाई सरोजको मृत्यु भएको छ । एकीकृत समाजवादी केन्द्रीय नेता सरोजकुमार उपाध्यायको ६ तला माथिबाट खसेर निधन भएको हो ।

पेशाले इन्जिनियरसमेत रहेका उपाध्याय एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ हुन् ।

उनी शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । उनलाई तत्काल उद्दार गरेर सिभिल अस्पताल लगिएको थियो । त्यहाँबाट अन्नपूर्ण अस्पताल लगिएका उपाध्यायलाई वचाउन नसकिएको एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले वताए। 

रेष्टुरेन्टका सञ्चालकले भने उपाध्यायले छैटौँ तलाको झ्यालबाट हामफालेको बताएका छन् । उपाध्याय केही दिनदेखि नियमित रूपमा बिहान साढे १० बजेतिर आउने र कफी अर्डर गर्ने गरेका थिए ।

काठमाडौं प्रहरीका प्रमुख एसएसपी दानबहादुर कार्कीले कफी शपको छैटौँ तलाबाट खसेको भन्दै त्यसबारे विस्तृत अनुसन्धान हुन बाँकी रहेको बताए । उपाध्यायको अवस्था निकै जटिल रहेको तर अस्पतालले नै आधिकारिक जानकारी दिने कार्कीले बताए ।

कफी शपका सञ्चालक यादव अनुसार तीन दिनदेखि उपाध्याय त्यहाँ जाने गरेका थिए । उनी जहिले पनि छतमै बस्ने गरेको भन्दै आज एक्कासि हाम फालेको बताए । उनले रेष्टुरेन्टको एम्बियस राम्रो लागेर आउने गरेको बताएका थिए ।


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित