पोर्चुगलमा थारु फिल्मका निर्देशक, अभिनेता तथा अन्तर्राष्ट्रिय खेलाडी चौधरीको निधन

पोर्चुगलमा थारु फिल्मका निर्देशक, अभिनेता तथा अन्तर्राष्ट्रिय खेलाडी चौधरीको निधन
स्वर्गीय परशुराम चौधरी
www.europenepalikhabar.com २०७९ फागुन २० गते शनिबार, 4-03-2023


युरोपनेपाली खबर ।

पोर्चुगल । थारु फिल्मका निर्देशक तथा अभिनेता परशुराम चौधरीको मार्च ३ तारिख शुक्रबार पोर्चुगलमा निधन भएको छ । उपचारको क्रममा ४५ वर्षिय चौधरीको निधन यहाँको एक अस्पतालमा भएको हो ।

अस्पतालले उनको मृत्युमा हृदयघातको संकेत देखिएको जनाएको छ । उनलाई दुई महिनाअघि अस्पताल भर्ना गरिएको थियो । उनी झन्डै ९ महिना अघि एक सडक दुर्घटनामा समेत घाइते भएका थिए । उनी लामो समयदेखि निरन्तर उपचारको क्रममा थिए ।

पोर्चुगलमा मार्च ३ तारिख शुक्रबार ४५ बर्षिय चौधरी र बराल थरका ७६ बर्षिय अर्का एक बृद्ध समेत गरी एकैदिन दुई जना नेपालीको मृत्युु भएको आफुहरुले जानकारी पाएको एनआरएनए पोर्चुगलका महासचिव राजकुमार थापाले बताए । एनआरएनए पोर्चुगल लगायत सिङ्गो नेपाली समुदायको तर्फबाट मृतकहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको महासचिव थापाले जनाए ।

चौधरीले कमैया नामक डकुमेन्ट्रीमा  प्रमुख पात्रको भूमिका निर्वाह गरेका थिए । चौधरीकै अभिनय तथा लगानीमा निर्माण भएको थारु फिल्म बौछार, जीवन एक लदिया हो लगायत हिट भएका थिए ।

कराँतेका अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका चौधरी थारु फिल्मको निर्माण तथा अभिनयबाट चर्चामा आएका थिए ।

उनी कैलाली जिल्ला, धनगढी उपमहानगरपालिका-१, शिवनगरका बासिन्दा हुन् । उनी सन् २०१५ देखि पोर्चुगलमा बस्दै आएका थिए । चौधरीका पत्नी र तीन छोरीहरु रहेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित