युरोपमा ८ मार्चको अन्तर्राष्ट्रिय नारी दिवस भव्य रूपमा मनाउने तयारी

युरोपमा ८ मार्चको अन्तर्राष्ट्रिय नारी दिवस भव्य रूपमा मनाउने तयारी
www.europenepalikhabar.com २०७९ फागुन २३ गते मंगलबार, 6-03-2023


पोर्चुगल । युरोपमा रहेका नेपाली महिलाहरूले भर्चुअल रूपमा अन्तर्राष्ट्रिय नारी दिवस ८ मार्चमा भव्य रूपमा मनाउने तयारी गरेका छन् । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी अस्ट्रियाको आयोजनामा बुधवार हुने सो कार्यक्रममा नेपालका महिला नेतृ तथा अधिकारकर्मीले आ–आफ्ना विचार राख्ने छन् । 

प्रवासी नेपाली मञ्च अस्ट्रियाकी सचिव बाबा राजेश्वरी थापाका अनुसार कार्यक्रममा पूर्वमन्त्री, सांसद, काठमाडौँ महानगरपालिकाकी उपमेयरलगायत गैरआवासीय नेपालीहरूको सहभागिता रहने छ । 

कार्यक्रममा समृद्ध नेपाल निर्माणको लागी महिला सहभागिता, राज्यको दायित्व विषयमा  निवर्तमान मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले आफ्ना विचार राख्ने भएकी छन् । 

यस्तै कार्यक्रममा सांसद सोबिता गौतमले  महिलाको लागि नयाँ राजनीतिक यात्रा– कति सहज, कति जटिल विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।  

कार्यक्रममा नेपाल मानव अधिकार आयोगकी सदस्य लिली थापाले विगतदेखि वर्तमान– महिला आन्दोलनलाई फर्केर हेर्दा विषयमा आफ्नो प्रस्तुति दिने मञ्चले जनाएको छ ।  

राजनीतिमा महिला – एक सिंहावलोकन विषयमा  पूर्व सांसद तथा एमाले केन्द्रीय सदस्य कोमल वलीले आफ्ना भनाई राख्ने भएकी छन् । 

कार्यक्रममा पुरुषको नजरमा– प्रवासी जीवन, सामाजिक अभियानमा महिला सहभागिता विषयमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष संजय थापाले आफ्ना भनाई राख्ने भएका छन् । यस्तै काठमाडौँ महानगरपालिकी उपमेयर सुनिता डंगोलले सामाजिक रूपान्तरण – युवाको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्ने भएकी छन् ।  

हरेक वर्ष मार्च ८ का दिन महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि र कठिनाइहरूको सापेक्षतालाई मनाउन, विश्वका विभिन्न क्षेत्रहरूमा नारीप्रति सम्मान, प्रशंसा र प्रेम व्यक्त गर्ने उत्सवको रूपमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ।

यो महिलाको राजनीतिक र सामाजिक उत्थानका लागि संयुक्त राष्ट्र संघले छनोट गरेको राजनीतिक र मानवअधिकार विषयका साथ मनाइन्छ । यो दिवस पहिलो पटक सन् १९०९ मा न्यूयोर्क शहरमा समाजवादी राजनीतिक कार्यक्रमको रूपमा मनाइएका  थियो ।

नेपाल सरकारलगायत विश्वका अन्य देशहरुले समेत अन्तर्राष्ट्रिय नारी दिवस  मनाउदै आएका छन् । विदेशमा रहेका राजनीतिक दललगायत गैरआवासीय नेपाली संघले समेत बिभिन्न कार्यक्रमको आयोजना गर्दै सो दिवश मनाउन थालेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित