पुराना लोकगायक राजेन्द्र लम्साल क्षेत्रीको स्पेनमा निधन भएको छ ।
केही वर्षयता स्पेनमा रहेर व्यवसाय गर्दै आएका उनको ६० वर्षको उमेरमा गए राती निधन भएको उनका भान्जा गीतकार तथा संगीतकार शिव हमालले जानकारी दिए ।
पहिल्यैदेखी बिरामी उनको उपचारका क्रममा निधन भएको हमालले बताए ।
राजेन्द्रका सागर लम्साल (बले)सहित ३ छोरा र १ छोरी छन् । सागर अहिलेका चर्चित कलाकार हुन् ।
लोक गीत क्षेत्रका पुराना गायक राजेन्द्रले गाएका दर्जनौं गीत लोकप्रिय छन् ।
‘जापान टोकियो’, ‘वालिङ्ग फिरफिरे’, ‘शिरमा रिवन सल्को पछ्यौरी’, ‘भिरको टुनि हो’, ‘मर्स्याङ्दीको पुल’ लगायतका गीत चर्चित छन् । उनको निधनमा कलाकारहरूले सामाजिक सञ्जालबाट श्रद्धाञ्जली दिइरहेका छन् ।
मृत्यु अघि उनले भनेका थिए, म मरेछु भने यो फोटो राखेर श्रद्धाञ्जली भन्नू होला !
स्याडंजा जिल्ला ज्याग्दी स्थायी घर भएका लोकगायक राजेन्द्र लम्सालको स्पेनको बार्सिलोना स्थित भाल डे वर्न हस्पिटलमा निधन भएको छ । लामो समय स्पेनको बार्सिलोना बस्दै आएका ६० बर्षिय राजेन्द्रको गए राती क़रीब ९ वजे निधन भएको हो । राजेन्द्र अहिलेका लोकप्रिय मोडल सागर लम्साल (बले)को बुबा हुन् ।
पहिला देखी बिरामी राजेन्द्र पछील्लो समय पिसाब सम्बन्धि समस्या देखिएको थियो । राजेन्द्रका सागर सहित ३ छोरा र १ छोरी छन् ।
राजेन्द्र लोक क्षेत्रका पुराना गायक हुन् । उनले गाएका दर्जनौं गीत लोकप्रिय छन् । ‘डोरीको तिन फुदा’, ‘वालिङ्ग फिरफिरे’, ‘शिरमा रिवन सल्को पछ्यौरी’, ‘भिरको टुनि हो’, ‘मस्र्याङदीको पुल’, ‘आमा तिम्रो दुधको भारा’, ‘राईनासकोटको भिर’, ‘निलो पछ्यौरी’ लगायतका लोकप्रिय गीत हुन् ।उनको जापान टोकियो गित सर्वाधिक लोकप्रिय रहेको थियो ।उनले प्रेमराजा महत, अमर विरही गुरुङ, बमबहादुर कार्की लगायत गायकहरूसँग गीत गाएका थिए ।
स्व. राजेन्द्रलाई सामाजिक सञ्जालबाट बिभिन्न कलाकर्मिले श्रृद्धान्जली दिइरहेका छन् । लोकप्रिय गायिका शिला आलेले आफूले बाल्यकालबाटै उहाँको आवाज सुन्दै आएको भन्दै लेखेकी छिन्, ‘बाल्यकालमा उहाकै आवाजका गीतहरु सुनेर गाउने प्रेरणा मिल्यो, सार्है मिठो आवाज अनि मृदभाषी आदरणीय दाजु राजेन्द्र लम्सालको अल्पायु मै भएको निधनले स्तब्ध भएको छु ।’ यस्तै लोकप्रिय लोकगायक रामजी खाँड , शिव हमाल लगायत थुप्रैले श्रद्धांजली दिएका छन् ।
उनले बिरामी हुदा आफैले यदी म मरिहाले भने मेरो यो तस्वीर राखेर कन्डुलेन्स भनिदीनु होला समेत भनेका थिए । उनको शब नेपाल लग्ने या बार्सिलोनामा नै अन्त्येष्टि गरिने बारे परिवार सग स्पेनका ग़ैर आवासीय नेपालीहरू बिच आज छलफल हुदैछ ।
FOUNDER/CHIEF EDITOR :