अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा महिला समाज पोर्चुगलले १२ मार्चमा विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा महिला समाज पोर्चुगलले १२ मार्चमा विशेष अन्तरक्रिया कार्यक्रम  आयोजना गर्दै
www.europenepalikhabar.com २०७९ फागुन २५ गते बिहीबार, 9-03-2023

युरोपनेपाली खबर ।

पोर्चुगल – नेपाली महिला समाज पोर्चुगलले अन्तराष्ट्रिय श्रमिक महिला  दिवसको सन्दर्भमा एक विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा समाजले १२ मार्च आइतबारका दिन उक्त विशेष कार्यक्रम आयोजना गर्न लागेको समाजकी अध्यक्ष माया खरेलले बताइन् ।

संघीय संसद प्रतिनिधिसभा सदस्य साेविता गाैतमकाे प्रमुख आतिथ्यतामा सम्पन्न हुन गइरहेकाे उक्त कार्यक्रम “प्रवासका नेपालीहरुकाे प्रतिवद्धता, महिला हिंसा र असमनता अन्त्यकाे लागि ऐक्यवद्धता” बिषयको नारा तय गरिएको छ । कार्यक्रममा पोर्चुगलका लागि अवैतनिक महावणिज्यदूत मकर हमाल, मदन पुरस्कार विजेता लेखिका तथा साहित्यकार निलम कार्की “निहारीका” एनआरएन पूर्व महिला संयाेजक रजनी प्रधान, अष्ट्रीयाकी नेपाली पर्यटनदूत तथा महिला अधिकार अभियान्ता बाबा राजेश्वरी थापा, पत्रकार इन्दिरा चाम्लिङ, समाजकी संस्थापक अध्यक्ष निर्मला ढकाल लगायतका विशेष अतिथि, अतिथिहरुले सहभागिता जनाइ विविध विषयमा धारणा प्रस्तुत गर्ने आयोजकहरुले जनाएका छन् । युरोप र पोर्चुगलबाट बृहत सहभागिता हुने अपेक्षा गरिएको छ ।

पोर्चुगलको समय दिउँसो २:३० बजे देखि शुरु हुने उक्त कार्यक्रम भर्चुअल रूपमा जुम मार्फत हुनेछ । समाजले उक्त समयमा अन्य कार्यक्रमहरु नराखी सबै संघ-संस्था र समुदायलाई सहभागिताको लागि अनुरोध समेत गरेको छ ।

प्रत्येक बर्षको मार्च महिनाको ८ तारिखमा  विश्वभरि मनाइने यो दिवस  सन् १९०९ को फेब्रुवरी २८ पहिलो पटक मनाइएको थियो । सन् १९१० मा सोसलिष्ट इन्टरनेसनलको कोपेनहेगन सम्मेलनमा महिलाहरुलाई पनि मत दिने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तराष्ट्रिय मान्यता दिइएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित