TVDE नेपाली ग्रुपले पोर्चुगलका नेपालीहरु बीच अहिलेसम्म कै ठूलो राशी पुरस्कारको फुटबल प्रतियोगिता आयोजना गर्दै

TVDE नेपाली ग्रुपले पोर्चुगलका नेपालीहरु बीच अहिलेसम्म कै ठूलो राशी पुरस्कारको फुटबल प्रतियोगिता आयोजना गर्दै
www.europenepalikhabar.com २०७९ फागुन ३० गते मंगलबार, 14-03-2023


युरोपनेपाली खबर । 

लिस्बन । पोर्चुगलका नेपालीहरुद्वारा संचालित उबर, बोल्ट लगायतका सवारी धनी तथा चालकको संस्था TVDE NEPALI GROUPLE PORTUGAL को आयोजनामा पोर्चुगलका नेपालीहरु बीच अहिलेसम्म कै सबैभन्दा ठूलो राशी पुरस्कारको फुटबल प्रतियोगिता हुने भएको छ ।

आगामी अप्रिल २ तारिख आइतबार आयोजना हुने 7A Side फुटबल प्रतियोगिताको प्रथम पुरस्कार २५ सय २५ युरो  तथा दोश्रो पुरस्कार ११ सय ११ युरो र विजेताहरुलाई  ट्रफी एवं मेडल समेत प्रदान गरिने TVDE NEPALI GROUPLE PORTUGAL का उपाध्यक्ष आशिष राईले जानकारी दिए ।

पोर्चुगलका सम्पूर्ण फुटबल क्लब तथा समूहलाई प्रतियोगितामा भाग लिन आयोजकहरुले आग्रह गरेका छन् । साथै प्रतियोगिता सफल बनाउन पोर्चुगलको नेपाली समुदायमा उनीहरूले अनुरोध गरेका छन् । प्रतियोगिताको लागि टीम दर्ता गर्ने समय ३० मार्चसम्म रहेको जनाइएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित