सिद्धार्थ सेकेण्डरी स्कुल सुन्दरहरैंचा मोरङका प्रिन्सपल वस्नेत सिङ्गापुरमा सम्मानित

सिद्धार्थ सेकेण्डरी स्कुल सुन्दरहरैंचा मोरङका प्रिन्सपल वस्नेत सिङ्गापुरमा सम्मानित
www.europenepalikhabar.com २०८० साउन २ गते मंगलबार, 18-07-2023


युरोप । मोरङको सुन्दरहरैंचा नगरपालिका १० मा रहेको सिद्धार्थ सेकेन्डरी स्कुलका प्रिन्सिपल अर्जुन बस्नेत  सिंगापुरमा आयोजित ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३‘ बाट सम्मानित भएका छन । वस्नेतलाई कोशी प्रदेशका निजि बिद्यालयहरू मध्ये उत्कृष्ट प्रिन्सिपलका रूपमा अवार्ड प्रदान गरिएको हो । 

यही जुलाई महिनाको १७ तारिखका दिन सिङ्गापुरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि रहेका लिंकन युनिभर्सिटीका चान्सलर प्रोफेसर दातुक डाक्टर हज्जा बीबी फेलिरना अब्दुलहाले सो अवार्ड प्रदान गरेका हुन् । कार्यक्रममा प्रिन्सिपल बस्नेत सहित नेपालका उत्कृष्ट ३२ वटा विद्यालय तथा विद्यालय सञ्चालकहरूलाई विविध विधाका अवार्डहरू वितरण गरिएको थियोे । एक्जिटो एजुकेसनले शैक्षिक गुणस्तर र अन्तर्राष्ट्रिय स्तरको शैक्षिक जनशक्ति उत्पादनमा सहजीकरण साथै सशक्तीकरण गर्ने गर्दछ। यसले नेपाली विद्यार्थीहरूको लागि विश्वका महत्त्वपूर्ण युनिभर्सिटीमा सहज पहुँच पुर्‍याउने क्षेत्रमा पनि काम गर्छ । 

सिद्धार्थ स्कुलमा कम्प्युटर साइन्स , बिजनेस स्टडी, होटल म्यानेजमेन्ट , ट्राभल एण्ड माउन्टेनेरिङ, कानुन विषय सहित कक्षा १२ सम्मको पढाइ हुने गरेको छ । पूर्ण मन्टेसरी पद्धति अवलम्बन गरेको विद्यालयमा विविध सहशैक्षिक तथा  अतिरिक्त क्रियाकलापहरू सञ्चालित हुने गर्दछन्। 

हालैमात्र विद्यालय स्तरीय लोकनृत्य प्रतिस्पर्धामा राष्ट्रिय प्रतियोगिता जितेको भनी सुन्दरहरैँचा नगरपालिकाले पनि आफ्नो नगरसभामा सिद्धार्थ स्कुललाई नगद सहित सम्मानित गरेको थियोे ।

 यस्ता अवार्ड तथा सम्मानले विद्यालय, शिक्षक , विद्यार्थी तथा अभिभावक सबैलाई उत्साह प्रदान गर्ने हुनाले शैक्षिक उत्कृष्टता बढ्न गई समाजमा  सकारात्मक प्रभाव पर्ने विद्यालयका सहायक  प्रिन्सिपल  जे बी थुलुङले जानकारी दिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित