माल्टाबाट पोर्चुगल हिडेका ८ नेपाली एयरपोर्टबाट पक्राउ

माल्टाबाट पोर्चुगल हिडेका ८ नेपाली एयरपोर्टबाट पक्राउ
Picture : Google
www.europenepalikhabar.com २०८० असोज १३ गते शनिबार, 30-09-2023


लिस्बन । सेप्टेम्बर २८, २०२३ माल्टाबाट पोर्चुगल जाने क्रममा माल्टाको एयरपोर्टबाट ८ जना नेपालीहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नुको मुख्य कारण: आइडी कार्ड (TR CARD) नविकरण नभएका, आइडी कार्ड (TR CARD) नै खारेज भएका, ब्लु पेपर र  भिजा स्ट्याम्पिङ्ग डकुमेंट्समा मात्र ट्राभल गर्न खोज्ने क्रममा अध्यागमन विभाग (immigration department) को  अनुसन्धान बाट पक्राउ परेका हुन् ।

माल्टाको एयरपोर्ट अध्यागमन विभागले पक्राउ परेका नेपालीलाई हाल माल्टाको हाल साफि डिटेन्सन सेन्टरमा नियन्त्रण साथै सोधपुछको लागि  राखेको छ । 

माल्टा आएर काम नगरि Schengen Countries अथवा अन्य मुलुकतर्फ जान खोज्नेहरुलाई माल्टा प्रहरीले कडा निगरानी गर्दै पक्राउ गर्ने अभियाननै चलाएको छ, त्यसैले पूर्ण कागजात र रोजगारदाताको स्वीकृति बिना यो परिवेशको निर्णय नलिन सम्पूर्ण माल्टा एवं गोजोबासी नेपालीहरुमा एनआरएनए माल्टाले आग्रह गरेको छ ।

एनआरएनए माल्टाले जनाए अनुसार"हामीसंग पूर्ण डॆटाबेश हुँदाहुँदै पनि व्यक्तिगत गोपनियताको कारण हामीले कसैको पनि नाम प्रकाशित नगर्ने निर्णय गरेका हौं। उक्त पक्राउ परेका ८ जना मध्धे कतिपयले स्वयम् वकिल (LAWYER) लगाएर कानुनी प्रक्रियाबाट अघि बढ्ने निर्णय गरेका छन् भने र अन्य अरुलाई डिपोर्ट गर्ने अनुमान गरेका छौं। 

यस्तै बिबिध मामला र अवैध अवस्थामा पर्नुभएकाहरुको लागि परामर्श दिने हेतुले हामीले एनआरएनएको कार्यालय प्रत्येक दिन खुल्ला रहने पनि यहि सूचना मार्फत जानकारी गराउन चाहन्छौं। कार्यालय आउनु अगावै सम्पर्क गरेर आईदिनुहुन सम्पूर्णमा बिनम्र अनुरोध गर्दछौं।" 

सम्पर्कको लागि नाम र नम्बर:

रेम्स खनाल: ७७३९६७८७ (77396787)

निरज श्रेष्ठ: ७७७९१६२६ (77791626) 

दामोदर लामिछाने: ७७९४६०७७ (77946077)

सुवाश तिम्सिना: ७९००७८०४ (79007804)

दिपेश गुरुङ: ७७७५६०५५ (77756055)

धन्यवाद,

गैर आवासीय नेपाली संघ तथा परिवार

राष्ट्रिय समन्वय परिषद् माल्टा

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित