पोर्चुगलमा उच्च दक्ष कामदार बाहेक अरु सबै खालका कामदार भिषा बन्द, ठगीबाट सचेत रहन दूतावासको आग्रह

पोर्चुगलमा उच्च दक्ष कामदार बाहेक अरु सबै खालका कामदार भिषा बन्द, ठगीबाट सचेत रहन दूतावासको आग्रह
www.europenepalikhabar.com २०८२ कार्तिक २६ गते बुधबार, 12-11-2025


युरोपनेपाली खबर, लिस्बन । पोर्चुगल सरकारले उच्च दक्ष कामदार बाहेक अरु सामान्य कामदार भिषा बन्द गरेको छ ।

डाक्टर, नर्स, इन्जिनियर, सेफ, आइटी एवं सूचना प्रविधि सम्बन्धि लगायत उच्च दक्ष कामदार बाहेक कृषि लगायतका सामान्य कामदार भिषा बन्द भएकोले यस्तो भिषा लगाइदिने प्रलोभन दिएर ठगी गर्ने प्रयास भइरहेको बुझिएको भन्दै नेपाली राजदुतावास लिस्बनले सम्बन्धित सबैलाई सचेत गराएको छ ।

पोर्चुगल सरकारले कामदार भिसा सम्बन्धी आफ्नो नीतिमा ठूलो परिवर्तन गरेको छ । नयाँ नियमसँगै पोर्चुगल आउन चाहने नेपालीहरूलाई लक्षित गरी ठगी गर्ने प्रयासहरू भइरहेको भन्दै लिस्बनस्थित नेपाली राजदूतावासले गम्भीर ध्यानाकर्षण हो ।

दूतावासले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पोर्चुगलले ‘उच्च दक्ष’ बाहेक अन्य सबै प्रकारका कामदार भिसा बन्द गरिसकेको अवस्थामा पनि ठगी गर्ने गिरोहहरू सक्रिय रहेकोतर्फ सबैलाई सचेत गराएको हो । विज्ञप्ति अनुसार, पोर्चुगल सरकारले मिति २३ अक्टोबर २०२५ देखि लागू हुनेगरी आफ्नो विद्यमान अध्यागमन कानुनमा संशोधन गरेको छ ।

यस संशोधनले पोर्चुगलमा रोजगारीका लागि आउने विदेशी कामदारहरूलाई दिइने भिसा प्रक्रियामा महत्वपूर्ण परिवर्तन गरेको छ । नयाँ व्यवस्था अनुसार, “उच्च दक्ष” जनशक्तिका लागि बाहेक अन्य सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरिएको छ । यो निर्णयबारे पोर्चुगल सरकारले औपचारिक जानकारी गराइसकेको दूतावासले प्रस्ट पारेको छ ।

कानुनी रूपमा कामदार भिसा बन्द भइसके पनि, यही मौकामा सर्वसाधारणलाई भ्रममा पारेर ठगी गर्ने प्रयासहरू भइरहेको दूतावासले जनाएको छ । “कानुनी बाटो बन्द हुँदाहुँदै पनि नेपाल तथा मध्यपूर्वका मुलुक लगायत क्षेत्रमा बस्ने नेपालीहरूलाई पोर्चुगलमा काम लगाइदिने प्रलोभनमा पारी ठगी गर्ने प्रयास भइरहेको बुझिएको छ,” दूतावासको विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो समय पोर्चुगलमा रोजगारी र बसोबासका लागि नेपालीहरूको आकर्षण बढेको फाइदा उठाउँदै दलाल तथा एजेन्टहरूले पुरानै शैलीमा प्रलोभन देखाएर रकम असुल्न सक्ने खतरा बढेको हो । राजदूतावासले पोर्चुगलको परिवर्तित अध्यागमन कानुनबारे स्पष्ट हुन र कुनै पनि प्रकारको प्रलोभन वा बहकाउमा नपर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

“यस्तो गतिविधिमा कोही नलाग्न तथा कसैको बहकाउमा लागेर ठगिनबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउनु हुन समेत सम्बन्धित सबैमा अनुरोध गरिएको छ,” विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले पोर्चुगल आउने नाममा कुनै व्यक्ति वा संस्थालाई रकम बुझाउनु अघि पोर्चुगल सरकारको आधिकारिक सूचना र दूतावासको जानकारीमा ध्यान दिन पनि सबैलाई सल्लाह दिएको छ ।


दूतावासले आज एक विज्ञप्ति प्रकाशित गर्दै भनेको छ :

पोर्चुगल सरकारबाट मिति २३ अक्टोबर २०२५ देखि लागू हुने गरी कामदार भिसा सम्बन्धी विद्यमान कानुनमा संशोधन गर्दै उच्च दक्ष बाहेक सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेको भनी औपचारिक जानकारी गराइएको परिप्रेक्षमा अझै पनि नेपाल तथा मध्यपूर्वका मुलुक लगायतका क्षेत्रमा बस्ने नेपालीहरुलाई पोर्चुगलमा काम लगाईदिने प्रलोभनमा पारी ठगी गर्ने प्रयास भैरहेको बुझिएको छ । यसर्थ यस्ता गतिविधिमा कोही नलाग्न तथा कसैको बहकाउमा लागेर ठगिनबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउनु हुन समेत सम्बन्धित सबैमा अनुरोध गरिएको छ ।

नेपाली राजदूतावास लिस्बन, पोर्चुगल ।

१२ नोभेम्बर २०२५


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित