एमालेको महाधिवेशन प्रतिनिधि चयनको मापदण्ड हेरफेर, ओएनएफ र भारत प्रवासको कोटा थपियो, यस्तो बने महाधिवेशन तयारीका उपसमितिहरु

एमालेको महाधिवेशन प्रतिनिधि चयनको मापदण्ड हेरफेर, ओएनएफ र भारत प्रवासको कोटा थपियो, यस्तो बने महाधिवेशन तयारीका उपसमितिहरु
www.europenepalikhabar.com २०८२ मंसीर ४ गते बिहीबार, 20-11-2025


पोर्चुगल । नेकपा एमालेको ११औँ महाधिवेशनको प्रतिनिधि चयनको मापदण्ड केही हेरफेर गरेको छ ।

अध्यक्ष केपी ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको बैठकले महाधिवेशन प्रतिनिधि चयनको मापदण्ड हेरफेर गर्नुका साथै प्रवासमा रहेका दुई कमिटीको कोटा कटौती गर्ने निर्णय सच्याएको हो ।

अघिल्लो सचिवालय बैठकले प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी र भारत प्रवासलाई यसअघि दिइँदै आएको ५–५ जना महाधिवेशन प्रतिनिधि कटौती गरेको थियो बिहीबारको सचिवालय बैठकले त्यसलाई सच्याएर दुवै कमिटीबाट तीन जना पुरुष र दुई जना महिला गरी ५–५ जना प्रतिनिधि हुने व्यवस्था गरेको छ ।

यसैगरी बैठकले पार्टी सदस्यताबाट निर्वाचित निर्वाचित हुँदाको थ्रेसहोल्डको शेष रहेको ५० प्रतिशत कटेमा थप एक जना प्रतिनिधि हुने व्यवस्था । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी र भारत प्रवासबाट ५-५ जना थप गर्ने निर्णय गरेको छ । घर फर्केकाहरूलाई प्रतिनिधि बनाउने विशेष निर्णय गरेको छ ।

नेकपा (एमाले) केन्द्रीय सचिवालयको ६०औं बैठकले पार्टीको एघारौं महाधिवेशन सफल बनाउन विभिन्न उपसमितिहरूको गठन गरेको छ। जानकारीमा आएका समिति तथा जिम्मेवारीहरू यसप्रकार रहेका छन्:

१) प्रतिनिधि व्यवस्थापन समिति

 • संयोजक: काशीनाथ अधिकारी

 • सचिव: माधव ढुंगेल

२) जनपरिचालन समिति

 • संयोजक: प्रदीप ज्ञवाली

 • सचिव: राजन भट्टराई

३) आवास व्यवस्थापन समिति

 • संयोजक: छविलाल विश्वकर्मा

 • सचिव: लालबाबु पण्डित

४) खाद्य व्यवस्थापन समिति

 • संयोजक: लेखाराज भट्ट

 • सचिव: भीष्म अधिकारी

५) यातायात व्यवस्थापन समिति

 • संयोजक: गोकर्ण विष्ट

 • सचिव: रचना खड्का

६) अतिथि सत्कार समिति

 • संयोजक: रघुवीर महासेठ

 • सचिव: महेश बर्तौला

७) स्वयम्सेवक परिचालन समिति

 • संयोजक: भानुभक्त ढकाल

 • सचिव: विनोद पाण्डे

८) प्रचार समिति

 • संयोजक: पद्मा अर्याल

 • सचिव: राजेन्द्र गौतम

९) मञ्च व्यवस्थापन समिति

 • संयोजक: विनोद श्रेष्ठ

 • सचिव: लोकबहादुर भण्डारी

१०) स्वास्थ्य समिति

 • संयोजक: कृष्ण गोपाल श्रेष्ठ

 • सचिव: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष

११) आर्थिक समिति

 • संयोजक: विष्णु रिमाल

 • सचिव: विना श्रेष्ठ

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित