खाँदबारी -१० की पूर्व वडा सदस्य चन्द्रकला तामाङको घर आगलागीले पुर्ण क्षति, सहयोगको लागि आग्रह

खाँदबारी -१० की पूर्व वडा सदस्य चन्द्रकला तामाङको घर आगलागीले पुर्ण क्षति, सहयोगको लागि आग्रह
www.europenepalikhabar.com २०८० कार्तिक ९ गते बिहीबार, 26-10-2023


खाँदबारी, चन्दनपुर । खाँदबारी नगरपालिकाकी पूर्व कार्यपालिका सदस्य चन्द्रा तामाङको घर विद्युत सट हुँदा आगजनीमा परेको छ ।खाँदबारी नगरपालिका वडा नम्बर-१० चन्दनपुर स्थित घर दसैंको टीकाका (२०८०/०७/०७) दिन दिउँसो ११ बजेतिर आगलागी हुँदा पूर्ण रूपमा क्षति पुगेको छ ।

उनी हाल जनता मा.वि.चन्दनपुरको विद्यालय ब्यबस्थापन समितिको सदस्य समेत रहेकी छन् ।  आगलागीबाट घर लगायत घरमा रहेको नगद, जिन्सी केही पनि बच्न नसकेको कारण धेरै ठूलो क्षति भएको छ ।

अहिले पीडित बनेकी चन्द्रकला अरुबेला भने सधैं कतै कसैलाई सहयोग गर्नु पर्ने अवस्था आउँदा आफै अग्रसर भएर सकेको सहयोग गर्ने, सामाजिक कामको लागि आफ्ना घरयासी कामहरु सबै त्यागेर लाग्ने अत्यन्त समाजसेवी मनकी धनी उनलाई अहिले जीवनमा ठूलो आपत आइलागेको छ । अहिले उनलाई  खाने गाँस र बस्ने बासको समेत सकटको अवस्था आइलागेको छ ।

यो आपतको परिस्थितिमा  देश तथा बिदेशमा रहनुभएका सम्पूर्ण  शुभचिन्तक महानुभावहरुमा सकेको सहयोग गरिदिनुहुन पीडितले विनम्र आग्रह गरेकी छिन् ।

गाँउमा रहनुभएका सबै सहयोगी मनका धनीहरुले अन्न पानी, भाँडा वर्तन,लत्ता कपडा, बास बनाउनकोलागी आवश्यक काठपात, सीप हुनेहरुले श्रम सहयोग संगै सकेको आर्थिक सहयोग गरिदुनुहुन साथै बिदेशमा रहनुहुने सहयोगदाताहरुले सकेको आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिएको छ ।

आर्थिक सहयोग गर्न चाहनुहुने महानुभावहरुले तल दिइएको निजको खाता नम्बरमा सकेको सहयोग पठाइदिन सक्नुहुनेछ।

रकम पठाउन सकिने पिडितको 

खाता नम्बर :-

Chandrakala Tamang

2080100021426010

राष्ट्रिय बाणिज्य बैंक

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित