पोर्चुगलमा नेपालीले नेपालीलाई छुरा हान्दा घाइते भएका धनबहादुर क्षेत्रीको मृत्यु

पोर्चुगलमा नेपालीले  नेपालीलाई  छुरा हान्दा घाइते भएका धनबहादुर क्षेत्रीको मृत्यु
www.europenepalikhabar.com २०८० मसीर ८ गते शुक्रबार, 24-11-2023


लिस्बन । पोर्चुगलमा एउटै कोठामा बस्ने नेपालीले छुरा हान्दा घाइते धन बहादुर क्षेत्रीको निधन भएको छ । पर्वत खौला लाकुरी स्थायी घर घएका क्षेत्रीमाथि तिहारको अघिल्लो दिन १४ नोभेम्बरमा सोही कोठामा बस्ने नेपाली लोकेन्द्र गुरुङले छुरा हानेका थिए ।

फोटो सामाजिक सञ्जालबाट साभार

क्षेत्रीको उपचारका क्रममा बुधबार निधन भएको हो । यूनीडेड लोकल डी सउदे डो लिटोरल अलेंटेजानो अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

झण्डै ८ महिना आगाडि पोर्चुगल आएका क्षेत्रीलाई सामान्य भनाभन पछि छुरा प्रहार गरेर सख्त घाईते बनाइएको जनाइएको छ । मृतक क्षेत्रीका तीन छोरा १ छोरी छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित