पोर्चुगलको राजदूतमा सनिल नेपालको नाम सर्वसम्मतिले अनुमोदन, रोनाल्डोलाई नेपाल ल्याउन पहल गर्छु

पोर्चुगलको राजदूतमा सनिल नेपालको नाम सर्वसम्मतिले अनुमोदन, रोनाल्डोलाई नेपाल ल्याउन पहल गर्छु
www.europenepalikhabar.com २०८० मंसीर २२ गते शुक्रबार, 8-12-2023


पोर्चुगल । संसदीय सुनुवाइ समितिले पोर्चुगलको राजदूतमा सनिल नेपाललाई सर्वसम्मतिले अनुमोदित गरेको छ ।

शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा सुनुवाइ गरी नेपालको नाम अनुमोदन गरेको हो । 

मन्त्रिपरिषद् बैठकले नेपाललाई आवासीय राजदूतका रूपमा सिफारिस गरेको थियो ।

पोर्चुगलका लागि प्रस्तावित राजदूतले रोनाल्डोलाई नेपाल ल्याउन पहल गर्ने 

पोर्चुगलका लागि राजदूतमा सिफारिस सनिल नेपालले पोर्चुगलका फुटबलर रोनाल्डोलाई नेपाल ल्याउन पहल गर्ने बताएका छन् ।

संसदीय सुनुवाइको क्रममा सांसदहरूले राखेको जिज्ञासामा उनले रोनाल्डोलाई नेपाल ल्याएर सगरमाथाको बेसक्याम्पमा जलवायु परिवर्तनको विषयमा काम गर्न चाएको बताए ।

‘रोनाल्डोलाई भित्र्याउन चाहेको छु, मनमा छ । सगरमाथाको बेसक्याम्पमा लगेर जलवायु परिवर्तनमा काम गर्ने योजना छ,’ उनले भने । पोर्चुगलमा पहिलोपटक दूतावास स्थापना गर्न लागिएको हो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित