तमु समाज पोर्चुगलको आठौं अधिवेशन सम्पन्न, मिलन गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

तमु समाज पोर्चुगलको आठौं अधिवेशन सम्पन्न, मिलन गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
www.europenepalikhabar.com २०८० फागुन १३ गते आइतबार, 25-02-2024


युरोपनेपाली खबर, २५ फेब्रुअरी, लिस्बन । पोर्चुगलमा सक्रिय एउटा जातीय सामाजिक संस्था तमु समाज पोर्चुगलको आठौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मिलन गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

आज लिस्बनमा आयोजना भएको अधिवेशनको उद्घाटन समाजका संस्थापक अध्यक्ष,  प्रमुख संरक्षक एवं पूर्व पर्यटनदूत रमेशकुमार गुरुङले गरेका थिए । निर्वाचन समिति संयोजक समेत रहेका उनले नयाँ कार्यसमितिको नामावली घोषणा गरेका थिए ।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा मिलन गुरुङ, वरिष्ठ  उपाध्यक्षमा केश गुरुङ, उपाध्यक्षमा नेत्र गुरुङ, किरण गुरुङ, महिला उपाध्यक्षमा देवी गुरुङ, महासचिवमा गनि गुरुङ, सचिवमा नवराज गुरुङ, सहसचिवमा शेरबहादुर गुरुङ, कोषाध्यक्षमा समिर गुरुङ, सहकोषाध्यक्षमा हरिबहादुर गुरुङ, साँस्कृतिक संयोजकमा बिरेन्द गुरुङ, खेलकुद संयोजकमा भुपेन्द गुरुङ, योगेन्द्र गुरुङ र सदस्यहरुमा सोम गुरुङ, मुना गुरुङ, अनिल गुरुङ, प्रेम गुरुङ,शेखर क्रोम्जे गुरुङ,सम्झना गुरुङ, श्यामबहादुर गुरुङ,बादल गुरुङ,मिङमा गुरुङ, तारा गुरुङ,अमृत गुरुङ,अन्तिमा घले लगायतलाई चयन गरेको जानकारी प्राप्त भएको छ । 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित