पोर्चुगलका नेपालीहरु बीच लोकप्रिय र विश्वासिलो दर्शन नेपाल फुड स्टोरको नयाँ शाखा विस्तार

पोर्चुगलका नेपालीहरु बीच लोकप्रिय र विश्वासिलो दर्शन नेपाल फुड स्टोरको नयाँ शाखा विस्तार
www.europenepalikhabar.com २०८१ भाद्र ११ गते मंगलबार, 27-08-2024


आरके थापा, युरोपनेपाली खबर, लिस्बन ।  विगत १५ बर्षदेखि पोर्चुगलका नेपालीहरुलाई आफ्नो देश नेपाल लगायत एसियन संस्कार, संस्कृति बमोजिमको खाद्य सामग्री, ताजा तरकारी तथा फलफूल, पूजा सामग्री, श्रृङ्गार सामग्री, सफा र ताजा मासुका साथै सम्पूर्ण घरायसी सामानहरू खुद्रा तथा होलसेल मूल्यमा उपलब्ध गराउँदै आएको दर्शन नेपाल फुड स्टोरले आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

२७ अगष्ट मंगलबारबाट लिस्बनको केन्द्र भाग "Almirante Reis 104 C, Arroios, 1150-022, Lisboa" मा आफ्नो नयाँ शाखा विस्तार गरी संचालनमा ल्याइएको दर्शन नेपालका प्रोप्राइटर सूर्य हमालले जानकारी दिए ।


पोर्चुगलमा सफल युवा व्यवसायी तथा समाजसेवीको रूपमा सुपरिचित हमालले आफ्नो स्टोरमा खाद्य लगायत सबै खालका सामाग्रीहरु खुद्रा तथा होलसेल मूल्यमा उपलब्ध हुने बताए ।

पोर्चुगलका नेपालीहरु बीच सबैभन्दा लोकप्रिय र विश्वासिलो खाद्य स्टोरको रूपमा चिनिएको दर्शन नेपालको नयाँ स्टोर विस्तार भएसंगै सेवाग्राहीहरुले थप सहज र सर्वसुलभ सेवा पाउने विश्वास लिएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित