लिस्बन, पोर्चुगल । गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको २० जुलाईमा हुने दसौं महाधिवेशनको लागि विभिन्न समितिहरु गठन गर्दै तयारी तीब्र बनाएको छ ।
सघद्वारा आज प्रकाशित विज्ञप्ति अनुसार ७ जुलाई २०२५ मा अध्यक्ष उमेशकुमार खड्काको अध्यक्षतामा बसेको बैठक विभिन्न समितिहरु गठन गरेको जानकारी दिएको छ ।
हेर्नुहोस् विज्ञप्तिमा प्रकाशित निर्णयहरु जस्ताको जस्तैः
१) २० जुलाई २०२५ मा आयोजना हुने राष्ट्रिय समन्वय परिषद्को दसौं महाधिवेशन भव्य रूपमा सफल बनाउने निर्णय गरियो ।
वर्तमान कार्यसमितिले नै महाधिवेशन आयोजक समितिको रूपमा काम गर्नेछ ।
महाधिवेशन सफल बनाउन सबैमा हार्दिक आह्वान गर्ने निर्णय गरिएको छ ।
२) संघको दसौं महाधिवेशनलाई सहमति, सहकार्य र एकताका साथ सम्पन्न गर्न "समन्वय तथा सहकार्य समिति" गठन गर्ने निर्णय गरियो ।
समन्वय तथा सहकार्य समिति :
संयोजक : राजकुमार थापा(आइसीसी सदस्य)
सदस्य : बिनु बस्नेत (आइसीसी सदस्य)
सदस्य : शान्ति अर्याल अधिकारी (आइसीसी सदस्य)
सदस्य : प्रेम खड्का(एनसीसी संरक्षक)
सदस्य : यमेन्द्र घर्ती(एनसीसी संरक्षक)
सदस्य : राजराम लामिछाने(एनसीसी संरक्षक)
सदस्य : सोनाम योन्जन लामा(एनसीसी संरक्षक)
३) राष्ट्रिय समन्वय परिषद्को दसौं महाधिवेशन सम्पन्न गर्नका लागि संघको विधानको परिच्छेद -९ को धारा २२.१ बमोजिम विभिन्न पक्षसंग छलफल र सहमतिमा निम्न बमोजिमको निर्वाचन समिति गठन गर्ने निर्णय गरियो ।
निर्वाचन समिति :
संयोजक : पेम्छिरी शेर्पा
सदस्य : सुमन शर्मा चम्लागाइ
सदस्य : अर्जुन घिमिरे(टुकबहादुर)
सदस्य : राजेन्द्र शेर्पा
सदस्य : कमल पुन
निर्वाचनको सुपरिवेक्षण गर्नको लागि केन्द्रबाट उपाध्यक्ष रामशरण सिंखडा सुपरिवेक्षक तोकिनु भएको छ । निर्वाचन समितिले उहाँसंग समन्वय र सहकार्य गर्नेछ । साथै समितिले निर्वाचन सहज ढंगले सम्पन्न गर्न युरोप संयोजक डा. चिरञ्जीवी खड्का र उपसंयोजक रोबोट लिम्बूसंग नियमित समन्वय गर्नेछ ।
४) राष्ट्रिय समन्वय परिषद्को दसौं महाधिवेशनमा प्रस्तुत गर्न संघको विधानलाई समसामयिक परिमार्जन र संशोधनका लागि निम्न बमोजिम विधान संशोधन तथा परिमार्जन समिति गठन गर्ने निर्णय गरियो ।
विधान संशोधन तथा परिमार्जन समिति :
संयोजक : माया खरेल
सदस्य : प्रकाश गजमेर
सदस्य : नवीन थापा
सदस्य : टेक थापा
सदस्य : गणेश थापा
नोट :
क) निर्वाचन समितिमा रहेका बाहेक अन्यलाई महाधिवेशनबाट निर्वाचित हुने पदहरुमा भाग लिन बन्देज रहने छैन् ।
ख) कार्यसमितिले आवश्यक ठानेमा समितिहरुमा थपघट गर्न सक्नेछ ।
FOUNDER/CHIEF EDITOR :