नेपालबारे पोर्चुगलमा बहस

नेपालबारे पोर्चुगलमा बहस
२०८२ असोज ४ गते शनिबार, 20-09-2025


लिस्बन, २० सेप्टेम्बर ।  पोर्चुगलको राजधानी लिस्बनमा प्रोफेसर, पत्रकार र नेपाल सम्बन्धि चासो राख्ने पोर्चुगिस लगायत विभिन्न देशका सरोकारवाला व्यक्तिहरु र नेपाली प्रतिनिधिहरु बीच हिजो १९ मा सेप्टेम्बर शुक्रबार  बहस तथा छलफल भएको छ । 

उक्त बहस कार्यक्रममा पोर्चुगलको नेपाली समुदायको तर्फबाट राजकुमार थापाले "नेपालको इतिहास र वर्तमान राजनैतिक अवस्था" बारे कार्यपत्र प्रस्तुत गरेका थिए । यसैगरी क्याथोलिक युनिभर्सिटीकी प्रोफेसर डा. अलेक्जेन्ड्रा पेरेइराले "पोर्चुगलमा नेपाली समुदायको अवस्था" र पोर्चुगलका नेपाली महिलाको तर्फबाट शान्ति अर्याल अधिकारीले "संस्कृति र नेपालीको दैनिक जीवनयापन" बारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

आप्रवासी एक्यवद्धता, आइमा र पोर्चुगिस सरकारी एजेन्सी समेतको सहकार्यमा भएको कार्यक्रमबाट नेपालको इतिहास, संस्कृति, राजनैतिक अवस्था, समसामयिक घटनाक्रमबारे  बुझाउने प्रयास  उपयोगी  रहेको समुदायका अगुवा राजकुमार थापाले बताए  ।

सहभागीहरुलाई सेलरोटी सहित नेपाली परिकार खुवाइएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित