राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजले अब युरोपमा पनि उडान गर्ने

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजले अब युरोपमा पनि उडान गर्ने
युरोपनेपाली खबर २०७८ कार्तिक २५ बिहीबार, 11-11-2021


राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को टिकटबाट युरोप, अष्ट्रेलिया र एशियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने भएको छ । नेपाल एयरलाइन्सले सिधा उडान नहुने गन्तव्यमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेसँगै यस्तो सुविधा पाइने भएको हो ।

सम्झौताअनुसार अब युरोपका विभिन्न शहर, अष्ट्रेलियाको सिड्नी, दक्षिण कोरियाको सोल, कुवेत र बहराइनसम्म यात्रा गर्न सकिने निगमले जनाएको छ ।

निगमका प्रवक्ता करिश्मा श्रेष्ठले सम्झौताबाट एक अर्का वायुसेवाका क्षेत्रमा यात्रुलाई सेवा प्रदान गर्न सहज हुने बताउनुभयो । सकेसम्म कम ट्रान्जिट समय प्रयोग गरी गरिएको सम्झौतामार्फत यात्रुलाई थप सहजता मिल्ने उहाँको भनाइ छ ।

टिकटसम्बन्धी नयाँ व्यवस्थाले निगमलाई थप आय हुने र अन्तर्राष्ट्रिय बजारमा नेपाल एयरलाइन्सको साख बढ्ने निगमको अपेक्षा छ । टिकट निगमको केन्द्रीय कार्यालय र ट्राभल एजेन्सीबाट काट्न सकिने निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

यसका साथै निगमले अमेरिकाका विभिन्न शहरमा यस प्रकारको सम्झौताबाट यात्रुलाई सेवा प्रदान गर्न विभिन्न वायुसेवासँग समन्वय गरिरहेको पनि जानकारी दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशन तथा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सुझाव र सक्रियतामा निगमले विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको हो । गन्तव्य र एयरलाइन्सको विवरण तलको तालिकामा उल्लेख गरिएको छ ।

१ काठमाडौँ–बैंकक–सोल 

नेपाल एयरलाइन्स–थाइ एयरवेज

२ काठमाडौँ–बैंकक–सिड्नी 

नेपाल एयरलाइन्स–थाइ एयरवेज

३ काठमाडौँ–बैंकक–टोक्यो 

नेपाल एयरलाइन्स–अल निप्पोन एयरलाइन्स

४ काठमाडौँ–दोहा–कुवेत 

नेपाल एयरलाइन्स–कुवेत एयरवेज

५ काठमाडौँ–दुबई–कुवेत 

नेपाल एयरलाइन्स–कुवेत एयरवेज

६ काठमाडौँ–दुबई–जुरिच 

नेपाल एयरलाइन्स–इमिरेट्स

७ काठमाडौँ–दुबई–लण्डन 

नेपाल एयरलाइन्स–इमिरेट्स

८ काठमाडौँ–दुबई–फ्र्याङ्कफर्ट 

नेपाल एयरलाइन्स–इमिरेट्स

९ काठमाडौँ–दुबई–पेरिस 

नेपाल एयरलाइन्स–इमिरेट्स

१० काठमाडौँ–दुबई–बहराइन 

नेपाल एयरलाइन्स–इमिरेट्स

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित