जनप्रगतिशील मंच पाेर्चुगलकाे छैटाैं अधिवेशन भोलि नोभेम्बर २१ मा हुँदै

जनप्रगतिशील मंच पाेर्चुगलकाे छैटाैं अधिवेशन भोलि नोभेम्बर २१ मा हुँदै
युरोपनेपाली खबर २०७८ कार्तिक २० शनिबार, 6-11-2021


लिस्वन- नेपाली जनप्रगतीशील मंच पाेर्चुगलकाे छैटाैं अधिवेशन भोलि  नाेभेम्बर २१ तारिख हुने भएकाे छ । मंचका अध्यक्ष राजेन्द्र गाैतमका अनुसार अधिवेशन नेकपा माओवादीका विदेश समन्वय समितिका अध्यक्ष ओम शर्माकाे प्रमुख आतिथ्यमा हुनेछ । अधिवेशनले मंचकाे नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

जसअन्तर्गत पाेर्चुगलका विभिन्न क्षेत्रहरुमा समेत आज मंचकाे क्षेत्रिय अधिवेशनहरु सम्पन्न भएका छन् । जसमा अलेन्तेजुमा सन्ताेष गैरे ईन्चार्ज तथा राजेन्द्र धामी अध्यक्ष रहनेगरी १९ सदस्यीय क्षेत्रिय कमिटी विस्तार भएकाे छ ।

त्यस्तै अल्गार्भ क्षेत्रमा अर्जुन भण्डारी ईन्चार्ज तथा दिपक ढुङ्गाना अध्यक्ष रहने गरि १३ सदस्यीय तथा नर्थ क्षेत्रमा रामकृष्ण सुवेदी ईन्चार्ज तथा ठाकुर प्रसाद अधिकारी (अभिनास) अध्यक्ष रहनेगरी ११ सदस्यीय क्षेत्रिय समितिहरु विस्तार गरिएकाे अध्यक्ष गाैतमले जानकारी दिए ।

जुमको माध्यमबाट भर्चुअल रूपमा हुने अधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन पोर्चुगल स्थित विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा आम नेपाली समुदायलाई अध्यक्ष गौतमले आह्वान गरेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित