अखिलका पूर्व नेता तथा अस्कल क्याम्पसका सभापति टेण्डी शेर्पाको निधन

अखिलका पूर्व नेता तथा अस्कल क्याम्पसका सभापति टेण्डी शेर्पाको निधन
युरोपनेपाली खबर २०७८ मंसीर ८ बुधबार, 24-11-2021


काठमाडौं – अखिलका पूर्व केन्द्रीय नेता तथा अमृत साइन्स क्याम्पसका पूर्व स्ववियु  सभापति टेण्डी शेर्पाको निधन भएको छ । नेपाल खेलकुद परिषदको पूर्व उपाध्यक्ष समेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल खेलकुद महासंघका पूर्व महासचिव, नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष समेत थिए ।

पछिल्लो तीन बर्षदेखि नशा सम्बन्धी रोगबाट पीडित ५० वर्षे शेर्पाको बुधबार बिहान ३ः३० बजे विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको उनका बुवा लामा पासाङ शेर्पाले जानकारी दिए । नशा सम्बन्धी रोगले थला पर्नुअघि उनले अमेरिका, भारत र चीनमा गएर उपचार गराएका थिए । शेर्पा पछिल्लो झण्डै दुई वर्षदेखि सोही केयर होम रहेर उपचार गराइरहेका थिए ।

लामो समयदेखि थलिएका शेर्पालाई पछिल्लो दुई दिनबाट भने निकै कठीन भएको बुवा शेर्पाले बताए । बौद्धस्थित शेर्पा गुम्बामा लगेर उनको अन्तिम संस्कारको प्रक्रिया सुरु हुने बताइएको छ । 

टेण्डीका बुवा, आमा, दुई दाई र बहिनी छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित