जनप्रगतिशील मंच नेदरल्याण्ड्सको अध्यक्षमा संघर्षशील केसी

जनप्रगतिशील मंच नेदरल्याण्ड्सको अध्यक्षमा संघर्षशील केसी
युरोपनेपाली खबर २०७८ मंसीर ९ बिहीबार, 25-11-2021

 

युरोपनेपाली खबर । नेपाली जनप्रगतिशील मंच नेदरल्याण्ड्सको दोश्रो राष्ट्रिय अधिवेशन नोभेम्बर २२ सोमवारका दिन सम्पन्न भएको छ । अधिवेशनले संघर्षशील केसीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय कमिटी चयन गरेको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रवास समन्वय कमिटीका अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्यमा भर्चुअल माध्यमबाट सम्पन्न भएको उद्घाटन समारोहमा अतिथिका रूपमा नेपाली जनप्रगतिशील मंच, यूरोपका अध्यक्ष सुरेन्द्र भुषाल, सचिव रणबहादुर खाती, गैरआवासीय नेपाली संघका केन्द्रिय सह-कोषाध्यक्ष लोकप्रसाद दाहाल, नेपाली जनप्रगतिशील मंच, यूरोपका महिला संयोजक सुष्मा भुषाल, नेपाली जनप्रगतिशील मंच, बेल्जियमका अध्यक्ष जीत लामा, नेपाली जनप्रगतिशील मंच, अस्ट्रियाका अध्यक्ष धर्मराज खतिवडा, नेपाली जनप्रगतिशील मंच, साइप्रसका अध्यक्ष रमिला राइ, नेपाली जनप्रगतिशील मंच, जर्मनका अध्यक्ष गोविन्दप्रसाद भण्डारी, गैरआवासीय नेपाली संघ, बेल्जियमका निवर्तमान अध्यक्ष चित्र सुवेदी, नेपाली जनप्रगतिशील मंच, यूरोपका पूर्व महासचिव गङ्गा भुसाल, नेपाली जनप्रगतिशील मंच, यूरोपका सल्लाहकार सुरेन्द्र नेपाल श्रेष्ठ, विरमान घर्ती, कृष्ण तिवारी, सागर पोखरेल लगायत विभिन्न व्यक्तिहरु शुभकामना दिएका थिए ।

अधिवेशनले  सर्वसम्मतिबाट ११ सदस्यीय  नेदरल्याण्ड्सको राष्ट्रिय कमिटी गठन गरेको छ ।

१) अध्यक्ष : संघर्षशिल केसी 

२) उपाध्यक्ष : राम पौडेल 

३) उपाध्यक्ष : विना गौतम 

४) महासचिव : हरि बिष्ट

५) सचिव : वृन्दा खड्का 

६) कोषाध्यक्ष : कैलाश गिरि 

७) सदस्य : रबिन्द्र केसी 

८)  सदस्य : सुरेश श्रेष्ठ 

९)  सदस्य : नवराज राइ 

१०) सदस्य : पूजा थापा 

११) सदस्य : सन्देश लामा 

सल्लाहकार :

१) थानेश्वर गौतम 

२) विर्ख सुब्बा 

३) राम पोखरेल

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित