पोर्चुगल र भारत वीच सरकारी स्तरमै श्रम सम्झौता

पोर्चुगल र भारत वीच सरकारी स्तरमै श्रम सम्झौता
युरोपनेपाली खबर २०७८ मंसीर १३ सोमबार, 29-11-2021


नवराज दुवाडी, लिस्वन – पोर्चुगल सरकार र भारत सरकारवीच सरकारी स्तरमै श्रम सम्झौता भएको छ । यसअघि १३ सेप्टेम्बर २०२१ मै भइसकेको श्रम सम्झौतालाई आजको मन्त्री परिषदको वैठकले अनुमोदन गरेको हो । जसबाट अब भारतीय नागरिकहरुको लागि सरकारी स्तरबाटै पोर्चुगलमा आएर काम गर्ने सुविधा प्रदान गर्ने छ ।

मन्त्रीपरिषदले आज जारी गरेको विज्ञप्ती अनुसार अब भारतीय दक्ष कामदारहरुलाई श्रम सम्झौता अन्तरर्गत रहेर पोर्चुगलमा काम गर्न सजिलो हुने भएको छ । दुई देशवीच भएको सम्झौताले कानुनी रुपमा सुरक्षित तरिकाले व्यवसायिक दक्ष कामदारहरुको आपुर्ती हुने तथा यसबाट भविष्यमा दुइ देशवीचको सम्बन्धमा पनि थप सुधार हुने अपेक्षा गरेको विदेश मन्त्रालयले जनाएको छ ।

हाल केही नीजी क्षेत्रका कम्पनीहरुले नेपाल, भारत, बंगलादेश लगाएत अन्य देशहरुबा आफ्नो तरिकाबाट ल्याएका तथा युरोपका विभिन्न देश हुँदै आप्रवासीहरु पोर्चुगल आएर काम गरिरहेका छन् ।

भारतसंग आज भएको सम्झौताले भविष्य नेपाल लगाएत अन्य देशहरुसंग पनि यस्तै किसिमको सम्झौता हुने आश गर्न सकिन्छ । जसबाट विभिन्न समयमा विभिन्न किसिमका कानुनी अप्ठ्याराहरु बेहेर्नु परिरहेको तथा अनावश्यक रुपमा ठूलो धनराशी खर्च भइरहेको, काम गर्ने कम्पनी समयमानै तलब नदिने तथा यहाँका कम्पनी, स्वघोषित अगुवा तथा स्वघोषित समाजसेवीहरुबाट कामदारहरुको विभिन्न अप्ठ्यारा तथा कमजोरीहरुलाई पहिचान गरी ब्ल्याकमेलिङ गर्ने कामहरुपनि हुँदै आइरहेकोमा सरकारी स्तरमा हुने यस किसिमका श्रम सम्झौताहरुबाट कामदारहरुलाई उल्लेखित समस्याहरुबाट केही मुक्ती मिल्ने आश गर्न सकिन्छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित