नारी समाज पोर्चुगलको शुशी तालिम सम्पन्न

नारी समाज पोर्चुगलको शुशी तालिम सम्पन्न
युरोपनेपाली खबर २०७८ मंसीर १९ आइतबार, 5-12-2021


५ डिसेम्बर, लिस्बन ।  नेपाली नारी समाज पोर्तुगलद्वारा आयोजित १५ दिने शुशी तालीम आइतबार समापन भएको छ ।  लिस्वनको बुढाबुढी पार्कमा रहेको शुशी सिटी रेस्टुरेन्टमा आयोजना गरिएको तालिममा २३ जना सहभागीहरुको सहभागिता रहेको थियो । 

१५ दिनमा के नै सिक्छौ र भन्नेहरुको लागि सिकाइ महत्त्वपूर्ण र अर्थपूर्ण रहेको प्रशिक्षार्थीहरुले बताएका छन् । थोरै समयमै धेरै सिकिएको प्रशिक्षार्थी बिन्दु कंडेलले बताउनु भयो । बाहिर गरिने नचाहिदो अपवाहले सिक्ने र सिकाउनेलाई केही प्रभाव नपर्ने बताउदै उहाँले खुट्टा तान्ने प्रवृत्तिको अन्त्य आवश्यक रहेको बताउनु भयो । 

नारी समाजले बार्षिक रूपमा पोर्चुगलमा रहेका नारीहरुको हकहित र क्षमता विकासका लागी गर्ने यस्ता खालका तालिमहरुले नारीहरुको प्रोत्साहनको लागि उत्कृष्ट भूमिका निर्वाह गरेको प्रशिक्षार्थी जानकी लामाले बताउनु भयो । पोर्तुगलमा बसोबास गर्नुहुने दिदिबहिनीहरुको हकहित र संरक्षणमा नेपाली नारी समाजले ठुलो योगदान पुराएको भन्दै आगामी दिनहरूमा समेत दिदिबहिनीहरुको लागि स्वरोजगार मुलुक तालिमहरुको अपेक्षा गरेको बताउनुभयो । 

समाजले बार्षिक कार्यक्रम अन्तर्गत यसवर्ष शुशी तालिमको आयोजना गरेको हो । २० नोभेम्बरबाट शुरु भएको तालिम दुई समुहमा दिइएको थियो । भने तालिममा अन्जन आले मगरले प्रशिक्षण दिनुभएको थियो । समापन कार्यक्रम कार्यबाहक अध्यक्ष प्रितु लामाको अध्यक्षता र महासचिव पुनम गौतमको सचालनमा सम्पन्न भएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित