मदेइराको बुद्ध तन्दुरी रेस्टुरेन्ट अन्तर्राष्ट्रिय डिनर अवार्डको प्रतिस्पर्धामा, संचालकद्वारा भोटिङका लागि आग्रह

मदेइराको बुद्ध तन्दुरी रेस्टुरेन्ट अन्तर्राष्ट्रिय डिनर अवार्डको प्रतिस्पर्धामा, संचालकद्वारा भोटिङका लागि आग्रह
युरोपनेपाली खबर २०७८ पुष २९ बिहीबार, 13-01-2022


युरोपनेपाली खबर, लिस्बन । पोर्चुगलको स्वयात्त प्रदेश सुन्दर आइसल्याण्ड मदेइरामा नेपालीद्वारा संचालित पहिलो नेपाली फाइन डाइनिङ रेस्टुरेन्ट बुद्ध तन्दुरी एउटा प्रतिष्ठित अन्तर्राष्ट्रिय कुलिनरी अवार्डको सर्टलिस्ट छनौट भएर फाइनल प्रतिस्पर्धाको लागि अनलाइन भोटिङको चरणमा प्रवेश गरेको छ ।

एनआरएनए पोर्चुगलका पूर्व अध्यक्ष समेत रहेका भीम केसी कमलद्वारा संचालित बुद्द तन्दुरी रेस्टुरेन्ट स्थापनाको छोटो समयमा नै मदेइरा आइसल्याण्डमा लोकप्रिय बनेको छ ।

विश्व प्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डोको जन्मस्थान पोर्चुगलको स्वायत्त प्रदेश मदेइरा आइल्याण्ड विश्वकै पर्यटकहरुका लागि एउटा लोकप्रिय गन्तव्य हो ।

रेस्टुरेन्टका संचालक केसीले एक अपील जारी गर्दै बुद्ध तन्दुरी रेस्टुरेन्टलाई अनलाइन मार्फत भोटिङका लागि आग्रह गरेका छन् ।

हेर्नुहोस् केसीले भोटिङका लागि गरेको आग्रह जस्ताको तस्तै :

फ्री अनलाइन भोटिङको निम्ति हार्दिक अनुरोध ..!

विश्व प्रसिद्ध फुटबलर कृस्टियानो रोनाल्डोको जन्मस्थान पोर्चुगलको स्वायत्त प्रदेश मदेइरा आइल्याण्डको सदरमुकाम सुन्दर नगरी फुन्चालमा पुर्ण नेपाली स्वामित्वमा संचालित पहिलो नेपाली फाइन डाइनिङ रेस्टुरेन्ट बुद्ध तन्दुरी मदेइरा रेस्टुरेन्ट https://www.facebook.com/BuddhaTandooriMadeira/ प्रतिष्ठित अन्तरराष्ट्रीय कुलिनरी अवार्डको निम्ति सर्टलिस्टेड भएर जुरी छनौटका विभिन्न चरण पार गर्दै अनलाइन भोटिङको चरणमा प्रवेश गरेको सहर्ष जानकारी गराउन चाहन्छु।


बिश्व भरबाट फ्री अनलाइन भोट गर्न सकिने ब्यबस्था रहेको र भोटिङ गर्ने अन्तिम मिति (२५ जनवरी २०२२) सम्म प्राप्त मत र जुरीको फाइनल स्कोरको योगफलबाट बिजेताको घोषणा हुने ब्यबस्था रहेको छ।

भोटिङ गर्ने तरिका: 

१) यो भोटिङ पेजको लिंकमा क्लिक गर्नुस:बुद्ध तन्दुरी रेस्टुरेन्टलाई भोट गर्नका लागि लिंक       

२) ३ वटै नोमिनेटेड क्याटगोरीमा क्लिक गर्नुस।

३) आफ्नो नाम र इमेल ID भर्नुस।

४) I'm not robot बक्समा क्लिक गरि रोबोट नभएको प्रमाणित गर्नुस।

५) अन्तमा SUBMIT बटन क्लिक गर्नुस। 

(फरक फरक इमेल ID लेखेर एक जनाले जति पटक पनि मत दिन सकिनेछ। एक पटक भोट दिन १० सेकेन्ड भन्दा बढी समय लाग्दैन।)

तपाईंको फ्री अनलाइन मतबाट बिदेशी भुमिमा नेपाली लगानीमा संचालित एउटा ब्यबशायले हजारौं बिदेशी ब्यापारीक प्रतिष्ठानहरुलाई उछिनेर नेपालको नाम अझै उचाईमा पुर्याउने हुँदा आफ्नो अमुल्य समयबाट थोरै समय निकालेर भोट गरि दिनु हुन सादर अनुरोध छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित