फ्रान्सको कानूनले बल्ल रोक्यो परिवारभित्र शारीरिक सम्बन्ध राख्न पाउने कुरा, को–कोसँग पाउँथे ?

फ्रान्सको कानूनले बल्ल रोक्यो परिवारभित्र शारीरिक सम्बन्ध राख्न पाउने कुरा, को–कोसँग पाउँथे ?
युरोपनेपाली खबर २०७८ पुष ३० शुक्रबार, 14-01-2022


युरोप । फ्रान्सेली सरकारले सन् १७९१ पछि एक कुरामाथि प्रतिबन्ध लगाएको छ ।

सन् १७९१ पछि पहिलो पटक नातेदारहरूसँग हुने शारीरिकसम्बन्ध (अनाचार) मा प्रतिबन्ध लगाउने निर्णय गरिएको हो । यो सँगै फ्रान्स रगतको नातेदारहरूसँग गरिने शारीरिकसम्बन्धलाई निषेध गर्ने अधिकांश युरोपेली राष्ट्रहरूको सूचीमा आएको छ ।

एएफपीसँगको अन्तर्वार्तामा, बालबालिकाका लागि राज्य सचिव, एड्रियन ताक्वेटले सरकारले २०० वर्ष भन्दा बढी समयपछि उक्त कुरामाथि पहिलो पटक प्रतिबन्ध लगाएको बताएका छन् ।

तपाईंलाई जानकारी गराउ कि बच्चाहरु संलग्न नभएसम्म आफन्तहरुसंग गरिने शारीरिक सम्बन्ध हाल कानूनी छ । तर नयाँ कानूनले दुवै पक्ष १८ वर्षभन्दा माथिको भए पनि अनाचारलाई आपराधिक मान्ने भएको हो । भतिज (कजन) ले अझै पनि विवाह गर्न सक्ने भए पनि सौतेनी परिवारलाई समावेश गर्ने कि नगर्ने भनेर पुष्टि गर्न सकिएको छैन ।

फ्रान्सेली सांसदले जोड दिएर भनेका छन, ‘उमेर जुनसुकै होस्, तपाईंले आफ्नो बुबा, छोरा वा छोरीसँग शारीरिकसम्बन्ध राख्नु हुँदैन् । यो उमेरको प्रश्न होइन, यो वयस्कहरूको सहमतिको प्रश्न होइन ।

हामी व्यभिचार विरुद्ध लडिरहेका छौं । संकेत स्पष्ट हुनुपर्छ ।’ एक मन्त्रीका अनुसार उनी स्पष्ट प्रतिबन्धको पक्षमा थिए, जसले फ्रान्सलाई अन्य युरोपेली राष्ट्रहरूको सूचीमा ल्याउनेछ ।

फ्रान्सेली क्रान्तिकारी सेनाहरूले राजतन्त्रद्वारा स्थापित क्रिस्चियन प्रेरित प्रथालाई हटाउन खोज्दा सन् १७९१ मा अनाचार, ईश्वरनिन्दा, र सोडोमीलाई अपराधीकरण गरिएको थियो ।

सन् २०२१ सम्म यो विषय दशकौंसम्म वर्जित थियो, जब एक प्रमुख राजनीतिक टिप्पणीकार ओलिभर डुहामेलमाथि गम्भीर आरोप लाग्यो । उनीमाथि सन् १९८० को दशकमा आफ्नो किशोर उमेरको सौतेनी छोरालाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएको थियो ।

दुहामेलले आरोप साँचो भएको स्वीकार गरे तर कुनै पनि कानुनी कारबाहीको सामना गर्नुपरेको थिएन, किनकि किशोरावस्थासँगको यौन सम्बन्ध त्यतिबेला अपराध थिएन ।

तर सरकारले गत वर्ष १८ वर्षमुनिका नजिकका नातेदारसँग शारीरिकसम्बन्ध राख्नुलाई अपराध मान्ने कानुन ल्याएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित