पोर्चुगलमा कोरोनाबाट मृत्यु हुनेको संख्या विगत १० महिना यताकै उच्च, संक्रमणको दरमा पनि आएन कमी

पोर्चुगलमा कोरोनाबाट मृत्यु हुनेको संख्या विगत १० महिना यताकै उच्च, संक्रमणको दरमा पनि आएन कमी
युरोपनेपाली खबर २०७८ पुष ३० शुक्रबार, 14-01-2022


राजकुमार थापा, १४ जनवरी, लिस्बन । पोर्चुगलमा आज कोभिड-१९ बाट ३४ जनाको मृत्यु भएको छ भने ४० हजार ९० जनामा नयाँ संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय-जनरल (DGS) ले जनाएको छ। 

आज रेकर्ड गरिएको मृत्युको संख्या पछिल्लो १० महिना यताकै सबैभन्दा धेरै हो, यसभन्दा अघि ३ मार्च  २०२१ मा कोभिड-१९ बाट ४१ जनाको मृत्यु भएको थियो।

आज लगातार तेस्रो दिन पनि  दैनिक संक्रमितको संख्या ४० हजारभन्दा बढी रहेको छ।  बुधबार ४० हजार ९ सय ४५ रहेको थियो ।  जुन तथ्यांक महामारी सुरु भएयता कै उच्च हो भने बिहीबार ४० हजार १ सय ३४  थियो ।

३४ मृत्यु हुनेमध्ये १३ जना लिस्बन र ट्यागस उपत्यका क्षेत्रमा, १२ जना उत्तरमा, चार जना केन्द्र क्षेत्रमा, तीन जना मदेइरामा, एक जना एलेन्तेजोमा र अर्को एक जना अल्गार्वेका रहेका छन् ।

स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार मृत्यु हुने ३४ मध्ये २३ जना ८० वर्षभन्दा माथिका, सातजना ७० र ७९ वर्षका, दुईजना ६० र ६९ वर्षका र अन्य दुईजना ५० देखि ५९ वर्षका थिए ।

पोर्चुगलमा मार्च २०२० देखि हालसम्म कोभिड-१९ को कारणबाट  १९ हजार २३७ जनाको ज्यान गएको छ जसमा १० हजार १२३ पुरुष र ९ हजार ११४ महिला रहेका छन् । कुल १८ लाख १४ हजार ५६७ संक्रमित मध्ये निको हुनेको संख्या १४ लाख ९५ हजार ७३३ निको भएका छन् ।

स्वास्थ्य निर्देशनालयले जारी गरेको महामारीको अवस्था सम्बन्धी दैनिक प्रतिवेदन अनुसार अहिले १ हजार ६ सय ९९ जना बिरामी अस्पतालमा भर्ना भएका छन्, यो संख्या बिहीबारको बराबर छ भने सघन उपचार कक्षमा पनि १६२ जना भर्ना भएर उपचारार्थ रहेका छन् ।

देशको उत्तरी क्षेत्रमा हाल सबैभन्दा बढी नयाँ केसहरू देखा परेको छ, जहाँ १५ हजार ९१४  जना र त्यसपछि लिस्बन र भेल डो तेजोमा १४ हजार ५१३ जना रहेका छन् । यी दुई क्षेत्रहरूमा ७५ प्रतिशत  नयाँ संक्रमणहरू देखा छन् ।

देशको केन्द्र क्षेत्रमा पछिल्लो २४ घण्टामा ४ हजार ५८९ जना, मदेइरा २ हजार १९३ जना, एल्गार्वे १ हजार २२४ जना, एलेन्तेजो १ हजार २०७ जना र अजोरेसमा  ४५० नयाँ संक्रमण रेकर्ड गरिएको छ ।

महामारी सुरु भएदेखि  लिस्बन र ट्यागस उपत्यका क्षेत्रमा ७ लाख १८ हजार ४२५ संक्रमित भएको र ८ हजार १०४ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ ।

उत्तर क्षेत्रमा ६ लाख ६२ हजार ७१८ संक्रमित र ५ हजार ८४६ जनाको मृत्यु भएको छ भने मध्य क्षेत्रमा अहिलेसम्म जम्मा २ लाख ४३ हजार ३८३ संक्रमित र ३ हजार ३९६ जनाको मृत्यु भएको छ ।

अल्गार्भमा कूल ७० हजार ९२६  संक्रमीत भए भने  ६०३ जनाको मृत्यु भएको छ यसैगरी  अलेन्तेजुमा  ६० हजार ८६६  सक्रमित भए भने एक हजार ९८ को कोभिड-१९ का कारण मृत्यु भएको छ ।

स्वायत्त प्रदेश मदेइरा क्षेत्रमा महामारीको सुरुवातदेखि ४१ हजार ४९८ जना संक्रमणको चपेटामा परे भने  १३५ जनाको मृत्यु भएको छ र अजोरेस द्वीपसमूहमा १६ हजार ७६० सक्रमित फेलापरे भने ५५ जनाको मृत्यु भएको छ।

महामारी सुरु भएयता सबैभन्दा बढी मृत्यु ८० वर्षभन्दा माथिका वृद्धवृद्धा (१२,४५४), त्यसपछि ७० देखि ७९ वर्ष (४,१८२) र ६० देखि ६९ वर्ष (१,७६९) बीचको उमेर समूहका रहेका छन् ।

संक्रमणबाट निको हुनेहरुमा सबैभन्दा ठूलो संख्या ४० देखि ४९ वर्ष (७,६२०), त्यसपछि ३० देखि ३९ वर्ष (६,६५६), २० देखि २९ वर्ष (६,४९१), ५० र ५९ वर्ष (५,५२९)  उमेर समूहका  रहेको छन् ।  यसैगरी १० देखि १९ वर्ष उमेरका (५,२०७), ९ वर्षसम्म (३,५४७), ६० देखि ६९ वर्ष (२,७३६), ७० देखि ७९ वर्ष (१,४२९) र ८० वर्षभन्दा माथिका (८७८) वृद्धवृद्धाहरू पनि संक्रमण मुक्त भएका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित