युरोपेली संसदको अध्यक्षमा माल्टाकी मेट्सोला निर्वाचित

युरोपेली संसदको अध्यक्षमा माल्टाकी मेट्सोला निर्वाचित
संसदको अध्यक्षमा निर्वाचित मेट्सोला (बीच), तस्वीर : एपी
युरोपनेपाली खबर २०७८ माघ ४ गते मंगलबार, 18-01-2022


ब्रसेल्स –युरोपेली संसदको अध्यक्षमा माल्टाकी रोबर्ट मेट्सोला निर्वाचित भएकी छन् । अनुदारवादी राजनीतिज्ञका रुपमा चिनिएकी मेट्सोला मंगलबार भएको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् ।

यसअघिका अध्यक्ष डेभिड सासेलीको गत हप्ता निधन भएपछि उनको उत्तराधिकारीको रुपमा मेट्सोला निर्वाचित भएकी हुन् ।

युरोपेली संसदको नेतृत्व चयनका लागि मतदान गर्ने अधिकार भएका ६१६ जनामध्ये ४५८ जनाले मेट्सोलाको पक्षमा मतदान गरेका थिए ।

अहिले ४३ वर्षकी मेट्सोला युरोपेली संसदको अध्यक्षमा सबैभन्दा कान्छो उमेरमा निर्वाचित भएकी हुन् । त्यसैगरी उनी तेस्रो महिला अध्यक्ष हुन् ।

उनी यसअघि सन् २०२० नोभेम्बर देखि युरोपेली संसदको प्रथम उपाध्यक्ष थिइन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित