पोर्चुगलमा एकै दिन ४३ को मृत्यु, ५८ हजार कोरोनाबाट संक्रमित

पोर्चुगलमा एकै दिन ४३ को मृत्यु, ५८ हजार कोरोनाबाट संक्रमित
युरोपनेपाली खबर २०७८ माघ ७ गते शनिबार, 22-01-2022


लिस्बन । पोर्चुगलमा पछिल्लो २४ घण्टामा मात्रै ४३ जनाको मृत्यु भएको छ । जुन तथ्यांक अघिल्लो दिनको तुलनामा कमी भएपनि मृत्युको दर भने उच्च हो ।

अघिल्लो दिन पोर्चुगलमा ४९ जनाको मृत्यु भएको राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयले जनाएको छ । समिक्षा अवधिमा पोर्चुगलमा ५८ हजार १३१ जनामा कोरोनाको नयाँ संक्रमण भेटिएको छ । यस्तो संख्या अघिल्लो दिन ५८ हजार ५३० थियो ।

उता दुई दिनअघिको तथ्यांकलाई मात्रै आधार मान्ने हो भने पोर्चुगलमा कोरोनाको संक्रमण दर र मृत्यु हुनेको संख्यामा बृद्धि भइरहेको छ । दुई दिनअघि पोर्चुगलमा ३४ जनाले ज्यान गुमाएका थिए भने ५६ हजार बढिमा कोरोनाको संक्रमण भेटिएको महानिर्देशनालयले जनाएको छ ।

कोरोना संक्रमणको दर तिब्र रुपमा फैलिएपछि सरकारले सामाजिक दूरी सँगै स्वास्थ्य मापदण्डका उपायहरु अपनाउन नागरिकलाई आग्रह गरेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित