कतार विश्वकप जित्ने सम्भावना कसको कति छ : हेरौं सुपरकम्प्युटरको भविष्यवाणी

कतार विश्वकप जित्ने सम्भावना कसको कति छ : हेरौं सुपरकम्प्युटरको भविष्यवाणी
www.europenepalikhabar.com २०७९ बैशाख २९ गते बिहीबार, 12-05-2022


एजेन्सी । यस वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको उपाधि कुन देशले जित्ला ? विश्व फुटबलका अधिकांश ठूला देशहरू प्रतियोगितामा छनौट भइसकेका छन् । पूर्वच्याम्पियन इटाली भने लगातार दोस्रोपटक विश्वकपमा छनौट हुन असफल हुँदा यसबाहेक अन्य सबै हेभिवेट देशलाई कतार विश्वकपमा देख्न पाइने पक्का भएको । विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुँदैछ ।

कतार विश्वकपमा हाल फिफा वरीयतामा शीर्ष स्थानमा रहेको ब्राजिल, बेल्जियम, फ्रान्स, अर्जेन्टिना, स्पेन, इंग्ल्यान्ड, जर्मनी, पोर्चुगल, क्रोएसिया लगायत सबै हेभिवेट देश प्रतिस्पर्धामा हुनेछन् । गत वर्ष युरो कप जितेको इटाली भने यसपटक पनि विश्वकपको मञ्चमा हुनेछैन । उसले यसअघि सन् २०१८ मा रसियामा भएको विश्वकप पनि गुमाएको थियो । यसपटक पनि इटालीबिनाको विश्वप हुने पक्का भएको छ ।

विश्वकप नजिकै आइरहँदा बेलायतको एक सुपरकम्प्युटरले फिफा विश्वकपबारे रोचक भविष्यवाणी गरेको छ । जहाँ प्रतियोगिताको फाइनल पुग्न सक्ने टिम, सेमिफाइनल र क्वार्टरफाइनल पुग्न सक्ने टिम र ठूला टिमको भविष्यवाणी छ । सो भविष्यवाणी अनुसार विश्व फुटबलमा ४ ठूला देश मध्ये एक देश समूह चरणबाटै आउट हुन सक्नेछ । समूह चरणबाटै बाहिरिन सक्ने एक हेभिवेट देश मध्ये २०१८ को फाइनालिस्ट क्रोएसिया र जर्मनी मध्ये एक हुन सक्नेछ ।

जर्मनीले आफ्नो समूहमा स्पेन र जापानको सामना गर्नुपर्ने छ । अर्को प्रतिस्पर्धी ग्यारेथ बेलको टिम वेल्स हुन सक्छ, जो प्लेअफ्बाट आउन बाँकी छ । क्रोएसियाले आफ्नो समूहमा बेल्जियम, मोरक्को जस्ता बलिया देशको सामना गर्नुपर्ने छ । त्यसैगरी, अन्य केही ठूला टोली अन्तिम १६ बाटै बाहरिन सक्नेछन् । यसरी बाहिरन सक्नेमा ब्राजिल, नेदरल्यान्ड्स र उरुग्वे हुन सक्छन् । यदि समूह चरणबाट पोर्चुगल र ब्राजिल अघि बढी यी दुई अन्तिम १६ मा भिड्ने ड्र छ ।

यसको अर्थ अन्तिम १६ मा क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल र नेइमारको टिम ब्राजिल भिड्दा त्यहाँ पोर्चुगलले ब्राजिललाई हराउन सक्ने सुपरकम्प्युटरको भविष्यवाणी छ । ब्राजिल अपराजित हुँदै आफ्नो महादेशबाट शीर्ष टोलीका रूपमा विश्वकपमा छनौट भएको देश हो भने पोर्चुगल प्लेअफ्बाट । समूह चरणबाट कुन देश कुन स्थानमा रहेर अघि बढ्छ भन्ने कुराले अन्तिम १६ मा ब्राजिल र पोर्चुगल पर्छन् कि पर्दैनन् भन्ने कुराको तय हुनेछ । तर, यो ड्र हुने सम्भावना ज्यादा छ ।

त्यसैगरी, लिओनल मेस्सीको देश अर्जेन्टिना बढीमा क्वार्टरफाइनलसम्म पुग्ने र उसलाई युरोपियन देशले आउट गराउने भविष्यवणी छ । अर्जेन्टिनाले आफ्नो समूहमा पोल्यान्ड र मेक्सिको जस्ता बलिया देशसँग भिड्नुपर्ने छ । उत्तर अमेरिकी देश मेक्सिको यसपटक क्वार्टरफाइनलसम्म पुग्ने सक्ने अनुमान छ । पोल्यान्ड समूह चरणबाटै बाहिरिने अनुमान गरिएको छ । अर्जेन्टिना रहेको समूहबाट अर्जेन्टिना र मेक्सिको अन्तिम १६ मा जाने अनुमान छ ।

यसपटक पनि डेनमार्क र स्वीट्जरल्यान्ड मध्ये एक देश प्रतियोगितामा ‘अन्डरडग’ टिमका रूपमा रहने अनुमान छ । यी दुई देश मध्ये एक देशले प्रतियोगिताको एक प्रमुख उपाधि दाबेदार टिमलाई आउट गराउने अनुमान गरिएको छ । गत वर्ष भएको युरो कपमा स्वीट्जरल्यान्डले सनसीपूर्ण रूपमा २०१८ को विश्व च्याम्पियन फ्रान्सलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाएर आउट गराएको थियो । यसपटक डेनमार्कले एक बलियो देशलाई आउट गराउने भविष्यवाणी छ ।

ह्यारी केनको देश इंग्ल्यान्ड क्वार्टरफाइनलभन्दा अघि बढ्न नसक्ने भविष्यवाणी गरिएको छ । २०१८ मा इंग्ल्यान्ड सेमिफाइनलमा पराजित भएको थियो । यसपटक युरोपियन स्पेन देश क्वार्टफाइनलबाटै आउट हुने भविष्यवाणी छ । सुपरकम्प्युटरका अनुसार सेमिफाइनलमा डेनमार्क र स्वीट्जरल्यान्ड मध्ये एक देश पुग्न सफल हुनेछ । गत वर्ष युरो कपमा डेनमार्क सेमिफाइनलसम्म पुगेको थियो । विश्वकपको सेमिफाइनलमा डेनमार्कका साथमा बेल्जियम, फ्रान्स र पोर्चुगल पुग्न सक्नेछन् ।

त्यसो भए फाइनलको कसले जित्ला ? सुपरकम्प्युटरका अनुसार कतार विश्वकपको उपाधि फ्रान्स र बेल्जियम मध्ये कुनै एक देशले जित्न सक्छ । रोनाल्डोको देश पोर्चुगल सेमिफाइनल पुगेको अवस्थामा फाइनल पुग्ने सम्भावना ३४ प्रतिशत रहन्छ भने मेस्सीको देश अर्जेन्टिना फाइनल पुग्ने सम्भावना केवल ९ प्रतिशत मात्रै रहेको भविष्यवाणी छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित