पोर्चुगलमा शनिबार मध्यराति अर्थात् आइतबार विहानदेखि समय फेरवदल हुँदै

पोर्चुगलमा शनिबार मध्यराति अर्थात् आइतबार विहानदेखि समय फेरवदल हुँदै
www.europenepalikhabar.com २०७९ कार्तिक १२ गते शनिबार, 29-10-2022


लिस्वन । शनिबारको मध्यराति अर्थात् आइतबारको बिहानदेखि पोर्चुगलको समयमा एक घण्टा फेरवदल हुने भएको छ । आज राति २ बज्दा स्वाचालित घडी, मोबाइल र डिभाइसहरुमा समय एक घन्टा पछाडि सरेर रातको एक बज्नेछ जसकारण पोर्चुगलको समय एक घण्टा पछाडि सर्नेछ ।

पोर्चुगल तथा स्वायत्त क्षेत्र मदेइरामा शनिबार मध्यराति अर्थात् आइतबार बिहान २ बजेपछि र आसोरेसमा एक बजेपछि ६० मिनेट अर्थात एक घण्टा समय पछाडि सर्नेछ ।

हरेक बर्ष पोर्चुगलमा मार्चको अन्तिम आइतबार र अक्टुबरको अन्तिम आइतबार क्रमशः एक घण्टा समय अगाडि र पछाडि सर्ने गर्दछ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित