खाँदबारी बजारमा आज आइतबार एमालेको बृहत पदयात्रा तथा घरदैलो हुँदै

खाँदबारी बजारमा आज आइतबार एमालेको बृहत पदयात्रा तथा घरदैलो हुँदै
www.europenepalikhabar.com २०७९ कार्तिक १३ गते आइतबार, 30-10-2022


युरोपनेपाली खबर, १३  कार्तिक । नेकपा एमाले खाँदबारी नगर कमिटीको आयोजनामा आज आइतबार खाँदबारी बजारमा बृहत पदयात्रा तथा घरदैलो कार्यक्रम आयोजना गर्ने तयारी रहेको समाचार प्राप्त भएको छ । 

संघीय संसद प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एमाले स्थायी समिति सदस्य राजेन्द्र गौतम, प्रदेशसभा सदस्य क्षेत्र नम्बर १ का उम्मेदवार भविश्वर गुरुङ, पार्टीका जिल्ला अध्यक्ष जीतबहादुर घिमिरे, नगर अध्यक्ष देवेन्द्र घिमिरे सहितको अगुवाईमा हुने पदयात्रा आज बिहान ११ बजे पार्टी कार्यालय खाँदबारीको पोखरीबाट सुरु हुनेछ । पदयात्राले बजार परिक्रमा गर्ने जनाइएको छ । 


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित