संखुवासभाको सत्तारूढ गठबन्धनमा भाँडभैलो

संखुवासभाको सत्तारूढ गठबन्धनमा भाँडभैलो
www.europenepalikhabar.com २०७९ कार्तिक १४ गते सोमबार, 31-10-2022


संखुवासभा । तिहारको अवसरमा मानिसहरु देउसीभैलो, खानपिन, खेलवाड, भेटघाटमा मस्त रमाइरहेको बेला संखुवासभाको सत्तारुढ गठबन्धनमा भने भाँडभैलो मच्चिएको समाचार प्राप्त भएको छ ।

खासगरी उम्मेदवार छनौटदेखि नै चुलिएको असन्तुष्टि तिहारको मौकामा आएर छरपस्ट भएको हो । प्रदेशसभाका दुवै सीटका काँग्रेसले टिकट नपाएपछि स्थिति विस्फोटक बनेको श्रोतले उल्लेख गर्यो । काँग्रेससंग गठबन्धनमा रहेका अन्य दलहरू माओवादी केन्द्र र नेकपा एसको संखुवासभामा सांगठनिक प्रभाव अत्यन्त न्यून छ । तर प्रदेशसभामा भने क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका राजेन्द्र कार्की र क्षेत्र नम्बर २ बाट नेकपा एसकी सरिता थापा खड्काले टिकट पाएपछि काँग्रेसमा असन्तुष्टि र असहयोग अभियान चुलिएर तिहारको बेला त्यसले ठोस आकार ग्रहण गरेको बताइएको छ। 

खासगरी संखुवासभा काँग्रेसको पुरानो पुस्ता र युवाहरुको बीच तिहार विदाको समयमा खाँदबारी आसपास र चैनपुरमा गोप्य भेलाहरु भएका थिए । उक्त भेलाहरुमा संखुवासभाको राजनैतिक स्थितिको व्यापक समिक्षा गर्दै उम्मेदवार हेरेर अन्य पार्टी र स्वतन्त्रलाई पनि सहयोग गर्न सक्ने निर्णय भएको भेलामा सहभागी श्रोतले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिएको छ । उनका अनुसार जिल्लामा ती निर्णयहरुको प्रभाव तिहार सकिएको केही दिन पछिदेखि नै देखिन सुरु हुनेछ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित