बाउको बिहे हेर्न पाउने भाग्यमानी छोरा अनमोल, भन्छन्- एक्साईटेड छु !

बाउको बिहे हेर्न पाउने भाग्यमानी छोरा अनमोल, भन्छन्- एक्साईटेड छु !
www.europenepalikhabar.com २०७९ कार्तिक १४ गते सोमबार, 31-10-2022


आफ्नै बाउको बिहे हेर्ने भाग्यमानी छोरा भनेर अहिले मेगास्टार अनमोल केसी अहिले चर्चामा छन् । नेपाली फिल्म क्षेत्रमा वेग्लै पहिचान बनाउन सफल अनमोल केसी आफ्नो बुबाको बिहेप्रति समारात्मक मात्र छैनन् उनी एक्साईटेड समेत छन् । अनमोल र उनका बुबा बिच प्रगाढ सम्बन्ध छ यसलाई उनका बुबाले गर्ने नयाँ विवाहले कुनै असर गर्ने छैन् ।

करिब सात वर्षदेखि अभिनेता भुवन केसी र जिया केसी प्रेम सम्बन्धमा छन् । यो जोडी अहिले रिलेशनमा पनि छ । तर परम्पराअनुसार यी दुईबीच विवाह भएको छैन । भुवन र जियाका परिवार, आफन्त र निकट फिल्मकर्मीलाई यी दुईको सम्बन्धबारे थाहा भए पनि सर्वसाधारण भने अनभिज्ञ नै छन् ।

तर भुवनले चाँडै जियासँगको सम्बन्धलाई औपचारिकता दिने तयारी भइरहेको बताएका छन् । अमेरिका भ्रमणमा रहेका भुवनले सोमबार त्यहाँस्थित केही नेपाली मिडियासँग कुरा गर्दै तेस्रो बिहेलाई साकार रुप दिनेबारे बताएका हुन् ।

उक्त अन्तर्वार्तामा भुवनले जियाको नाम नलिइकनै माया गर्ने मान्छे आफ्नो जिन्दगीमा आएको उल्लेख गरेका छन् । आफू र आफ्नो परिवारलाई सपोर्ट हुने हुँदा विवाह गर्ने तयारीमा आफू रहेको केसीले संकेत गरे।

तेस्रो विवाहको तयारीमा हुनुहुन्छ भनेर सोधिएको प्रश्नमा भुवनको जवाफ छ, ‘सोचिरहेको छु । साथ दिने र सपोर्ट गर्ने मान्छे मेरो जिन्दगीमा हुनुहुन्छ । उहाँले म र मेरो फ्यामिलीलाई पनि सपोर्ट गर्नुहुन्छ । मेरो फ्यामिलीले पनि सपोर्ट गर्छ । हेरौं, चाँडै गुड न्युज आउन पनि सक्ला । हामीले निर्णय गरिसकेका छैनौं, तर मलाई माया गर्ने साथी हुनुहुन्छ ।’

जियासँगको सम्बन्धबारे परिवार, आफन्त र फिल्मकर्मीले थाहा पाए पनि सर्वसाधारणले थाहा नपाएको र आफू थाहा दिएरै अघि बढ्ने योजनामा रहेको समेत भुवनले बताएका छन् । अघिल्ला दुई श्रीमतीसँगको असफल वैवाहिक सम्बन्धपछि भुवन यतिबेला जियासँगै छन् ।

अनमोलकी आमा समेत रहेकी सुस्मितासँगको सम्बन्ध आफ्नो कारणले भन्दा पनि उनकै कारणले टुटेको खुलासा पनि भुवनले गरेका छन् । त्यसयता नभेटेको र कुरा नभएको पनि उनले जनाए । अमेरिकामा रहेकी जेठी पत्नीसँग भेट्ने र कुराकानी भइरहने भन्दै उनले सम्मान रहेको बताए ।

एक फिल्म अवार्ड कार्यक्रमका लागि भुवन र जिया गत साता अमेरिकातर्फ लागेका थिए । अनमोल, विवेक र काजलका बाबु रहेका भुवनको पहिलो विवाह २० वर्षको उमेरमा भएको थियो। विवेक र काजल पहिलो श्रीमतीतर्फका सन्तान हुन्। उनीहरू अमेरिकामा बस्छन्।

पहिलो विवाह टुटेपछि उनले सुस्मितासँग विवाह गरे। अनमोल सुस्मितातर्फको सन्तान हुन्। सुस्मितासँगको सम्बन्ध पनि लामो समय गएन। डिभोर्स भयो। सुस्मितासँगको डिभोर्सपछि भुवनको नाम धेरै जनासँग जोडियो।

जियाले एक अन्तर्वार्तामा भुवन केसीसँग विवाह गर्न तयार छु भनेपछि दुवैको सम्बन्धबारे सार्वजनिक चर्चा सुरु भएको थियो। दुवै प्रेम सम्बन्धमा रहेको शङ्का गरियो। पछि जिया भुवनकै घरमा बसिन्। भुवन ६० वर्ष कटिसकेका छन्।

यो सँगै छड्के २ को सुटिङमा रहेका अनमोलले पनि एक्साईटेड रहेका प्रतिक्रिया दिएका छन् । ठूलो क्यानभासमा बन्न लागेको फिल्म छड्के २ का लागी अहिले अनमोल मनाङमा छन् ।


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित