संखुवासभाको चैनपुर नगरपालिका २ नम्बर वडाका वडा सदस्यको असामयिक निधन

संखुवासभाको चैनपुर नगरपालिका  २ नम्बर  वडाका वडा सदस्यको असामयिक निधन
www.europenepalikhabar.com २०७९ कार्तिक १५ गते मंगलबार, 1-11-2022


संखुवासभा : संखुवासभाको चैनपुर नपा वडानम्बर २ का वडा सदस्य कुशल तामाङको मृत्यु भएको छ । वडा सदस्य तामाङको शव मंगलबार काठमाडौंमा भेटिएको चैनपुर नपाकी उपप्रमुख एलिना श्रेष्ठले जानकारी दिइन्।

वडा सदस्य तामाङ मंगलबार बिहान काठमाडौंस्थित एक होटलमा मृत अवस्थामा फेला परेको उपप्रमुख श्रेष्ठले बताइन्।

खाना खाएर होटलमा सुतेको अवस्थामा तामाङ मृत भेटिएका थिए। वडा सदस्य तामाङ घरायसी कामको सिलसिलामा केही दिनअघि काठमाडौं पुगेका थिए । तामाङको के कारण मृत्यु भयो भन्ने कारण खुल्न नसकेको उनको भनाइ छ। 

मृतक तामाङको शव बुधबार दिउँसो ताङ्लेवामा अन्त्येष्टि गरिएको छ। मृतक तामाङका श्रीमती र एक छोरा छन्। तामाङ नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित