बेल्जियममा नेपाल संवत् ११४३ र म्ह:पूजा भव्य रुपमा सम्पन्न

बेल्जियममा  नेपाल संवत् ११४३ र म्ह:पूजा भव्य रुपमा सम्पन्न
www.europenepalikhabar.com २०७९ कार्तिक १७ गते बिहीबार, 3-11-2022


इन्दिरा चाम्लिङ/काजाब्लाँका क्यासेल्लो ।

पासा पुँच बेल्जियमद्वारा  अन्त्रोपेन शहरमा आयोजित  नेपाल संवत् ११४३ र म्ह:पूजा भव्य रुपमा  भएको छ ।

अक्टोबर-२००२२ को यसै हप्ता पासा पुचद्वारा नयाँ वर्ष नेपाल संवत् ११४३ तथा "म्ह:पूजा" को उपलक्ष्यमा शुभ-कामना आदानप्रदान साथै नेवा भोज, बिबिध सांस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।  

 कार्यक्रम हरेक वर्ष संचालन  गरेको जानकारी गराउदै संस्थाका अध्यक्ष चिज कुमार श्रेष्ठ - शिलु र सिंगो कार्यसमितिले निमन्त्रणालाई स्वीकार गरी कार्यक्रममा प्रमुख अतिथिको रूपमा पाल्नु भएका बेनेलक्स र युरोपियन युनियनका महामहिम राजदूत  गेहेन्द्र राजभण्डारी र वहाँको परिवार लाई बिषेष  धन्यवाद व्यक्त गर्नुभएको थियो ।

दुई सय भन्दा बढी नेवार समुदायको उपस्थित कार्यक्रममा एनआरएन अभियन्ता तथा पुंचका बरिष्ठ ब्यकतित्वहरुको उपस्थिति रहेको थियो। सन्चालन महासचिब सूर्य नारायण श्रेष्ठ, संयोजन अध्यक्ष चिज कुमार श्रेष्ठ - शिलु भएपनि कार्यसमिति सबै मिलेर कार्यक्रम सफल भएको थियो। 

कार्यक्रममा बिशेष गरि म्ह पूजा अति रमाइलो भयो भने ,देउसी भैलो    अनि परम्परागत नेवारी संस्कृतिको तालमा नाचगान गरेर अझै रमाइलो भएको थियो।

अन्तमा  पासा पुँच बेल्जियमले आयोजना गरेको यस कार्यक्रममा उपस्थित सम्पुर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद दिदै कार्यक्रम सफल बनाउन पुजा सामग्री देखी  मन्डप बनाउन खाना ब्यवस्थापन गर्न म्युजिक ब्यवस्थापन गर्न आदि ईत्यादि सम्पुर्ण कुरामा  सहयोग गर्नुभई कार्यक्रम लाई सफल गराईदिनु हुने सबै  महानुभावहरुलाई धेरै धेरै  धन्यवाद दिएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित