विश्वकप इतिहास : युरोप र दक्षिण अमेरिकाकै दबदबा, यसपटक के होला ?

www.europenepalikhabar.com २०७९ कार्तिक १९ गते शनिबार, 5-11-2022


विश्वकप दोस्रोपल्ट एसियाली महादेशमा हुँदै छ । यो महादेशबाट अहिलेसम्म कुनै पनि देश विजेताका रूपमा निस्केका छैनन् । जित्न त परको कुरा, कुनै पनि एसियाली देश विश्वकपको फाइनलसम्म पुगेको छैन ।

कतारमा विश्वकप फुटबल सुरु हुनलाग्दा सबैभन्दा ठूलो कौतूहल रहनेछ– उपाधि कसले जित्ला ?

यसको उत्तर सजिलो हुने छैन । तर, यसको एकखाले उत्तर भने सजिलो छ । त्यो हो, उपाधि जित्ने टिम कि युरोपकै हुनेछ, होइन भने दक्षिण अमेरिकी ।

इतिहासले यस्तै भन्छ । यस्तै हुँदै आइरहेको छ । यसपल्ट विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप २२ औं संस्करणमा हुनेछ । जम्माजम्मी दुईपल्ट भने विश्वकप हुन सकेन । सन् १९४२ र १९४६ मा विश्वयुद्धका कारण विश्वकप आयोजना भएन ।

विश्वकप दोस्रोपल्ट एसियाली महादेशमा हुँदै छ । यो महादेशबाट अहिलेसम्म कुनै पनि देश विजेताका रूपमा निस्केका छैनन् । जित्न त परको कुरा, कुनै पनि एसियाली देश विश्वकपको फाइनलसम्म पुगेको छैन । यसले प्रस्ट हुन्छ, विश्वकप उपाधि भिडन्तमा युरोप र दक्षिण अफ्रिकाको वर्चस्व ।

कतारमा हुने विश्वकप एसियामा दोस्रोपल्ट हुन लागेको प्रतियोगिता हो । देशका आधारमा विश्वकप आयोजना गर्ने एसियाको तेस्रो भाग्यमानी देश– कतार । यसअघि जापान र दक्षिण कोरियाले सन् २००२ मा संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए ।

त्यही बेला दक्षिण कोरियाले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । यो नै विश्वकपमा कुनै पनि एसियाली देशको अहिलेसम्मको सबैभन्दा उच्च प्रदर्शन हो । अफ्रिकी महादेशका टिमले त अहिलेसम्म पनि सेमिफाइनलमा स्थान बनाउन सकेका छैनन् । अफ्रिकाको सबैभन्दा उच्च प्रदर्शन भनेको क्वार्टरफाइनल मात्र हो । यो उपलब्धि घाना, सेनेगल र क्यामरुनको नाममा छ ।

दक्षिण अमेरिकी देशले नौपल्ट विश्वकप जितेको छ । यसमा सबैभन्दा सफल टिम ब्राजिल हो । खासमा ब्राजिल नै समग्र विश्वकप इतिहासकै सबैभन्दा सफल टिम हो । ब्राजिलले कीर्तिमानी पाँचपल्ट विश्वकप जितेको छ । यसमा तीनपल्ट ब्राजिलले विश्वकप जित्दा यसका एक सदस्य थिए, महान खेलाडी पेले । पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकपको उपाधि उचालेका थिए । त्यसपछि आउँछ, अर्जेन्टिना र उरुग्वे । दुवैले दुई–दुई पटक उपाधि जितेका छन् ।

ड्यानियल पासारेलाको नेतृत्वमा अर्जेन्टिनाले सन् १९७८ मा पहिलोपल्ट विश्वकप जितेको थियो । दोस्रोपल्ट अर्जेन्टिनाले कहिले र कसरी विश्वकप जितेको थियो सायद त्यसबारे सबैलाई थाहा छ । यो अवसर सन् १९८६ मा बनेको थियो । त्यतिबेला अर्जेन्टिनाले डिएगो म्याराडोनाको नेतृत्वमा खेलेको थियो ।

उनको जादुयी प्रदर्शनको चर्चा कहिल्यै पनि सेलाउन छैन । व्यक्तिको चर्चा मात्र होइन पेले राम्रा खेलाडी थिए कि म्याराडोना भनेर कहिल्यै बहस हुन छाड्ने पनि छैन ।

एउटै तथ्य निश्चित के छ भने विश्व फुटबलले पाएका दुई बेजोड खेलाडी यिनै पेले र म्याराडोना हुन् । उरुग्वेले भने विश्वकप सन् १९३० र १९५० मा जितेको थियो । सन् १९३० को विश्वकप यो प्रतियोगिताको इतिहासकै पहिलो संस्करण थियो । त्यो अर्थमा उरुग्वे विश्वकप जित्ने पहिलो टिम भयो । संयोगले त्यतिबेला फाइनलमा उरुग्वेले अर्जेन्टिनालाई हराएको थियो । सन् १९५० मा उपाधि उचाल्दा उसले हराएको टिम थियो– ब्राजिल ।

युरोपका देशहरूले भने १२ पल्ट विश्वकप जितेका छन् । त्यो अर्थमा दक्षिण अमेरिकाको तुलनामा युरोपेली देश नै अगाडि छन् । अझ सन् २००२ यता त गैरयुरोपेली देशले उपाधि नै जितेको छैन । सन् १९३४ को दोस्रो संस्करणको विश्वकप इटालीले जितेको थियो । यसलाई इटालीले सन् १९३८ मा पनि दोहो¥यायो । इटाली लगातार विश्वकप जित्ने एक मात्र युरोपेली देश हो । इटालीले सन् १९८२ र २००६ मा पनि विश्वकप जित्यो ।

नरमाइलो के छ भने यही इटाली फेरि एकपल्ट अहिलेको विश्वकपमा देखिने छैन । इटाली छनोट नै हुन सकेन । सन् २०१४ मा जर्मनीले अन्तिम पटक विश्वकप जितेको थियो । इतिहासमा फर्केने हो भने पुराना दिनमा जर्मनी दुई देशमा विभाजित थियो, पश्चिम र पूर्वको रूपमा । त्यसमध्ये पश्चिम जर्मनीले सन् १९५४ मा पहिलोपल्ट विश्वकप जितेको थियो । अनि अन्तिम पटक यही परिचयका रूपमा पश्चिम जर्मनीले १९९० मा उपाधि हात पारेको थियो ।

२०१४ मा उपाधि जित्दा एउटै जर्मनी थियो । त्यसबाहेक तीन अन्य युरोपेली देश पनि विश्व च्याम्पियन भएका छन् । फ्रान्स दुईपल्ट भने स्पेन र इंग्ल्यान्ड एक–एक पटक च्याम्पियन भएका छन् । फ्रान्स त विश्वकपको डिफेन्डिङ च्याम्पियन नै भयो ।

फ्रान्सले पछिल्लो पटक सन् २०१८ मा उपाधि उचालेको थियो । त्यस अगाडि फ्रान्सले पहिलोपल्ट १९९८ मा उपाधि जितेको थियो । त्यो पनि आफ्नै देशमा भएको संस्करणमा । इंग्ल्यान्डले भने सन् १९६६ र स्पेनले सन् २०१० मा विश्वकप जित्ने अवसर पाएका थिए ।

पहिलो विश्वकप, १९३० (उरुग्वे)

विजेता– उरुग्वे

उपविजेता– अर्जेन्टिना

तेस्रो – अमेरिका

चौथो – युगोस्लाभिया

दोस्रो विश्वकप, १९३४ (इटाली)

विजेता– इटाली

उपविजेता– चेकोस्लोभाकिया

तेस्रो– जर्मनी

चौथो– अस्ट्रिया

तेस्रो विश्वकप, १९३८ (फ्रान्स)

विजेता– इटाली

उपविजेता– हंगेरी

तेस्रो– ब्राजिल

चौथो– स्विडेन

चौथो विश्वकप, १९५० (ब्राजिल)

विजेता– उरुग्वे

उपविजेता– ब्राजिल

तेस्रो– स्विडेन

चौथो– स्पेन

पाँचौं विश्वकप, १९५४ (स्वीट्जरल्यान्ड)

विजेता– पश्चिम जर्मनी

उपविजेता– हंगेरी

तेस्रो– अस्ट्रिया

चौथो– उरुग्वे

छैटौं विश्वकप, १९५८ (स्विडेन)

विजेता– ब्राजिल

उपविजेता– स्विडेन

तेस्रो स्थान– फ्रान्स

चौथो स्थान– जर्मनी

सातौं विश्वकप, १९६२ (चिली)

विजेता– ब्राजिल

उपविजेता– चेकोस्लोभाकिया

तेस्रो– चिली

चौथो– युगोस्लाभिया

आठौं विश्वकप, १९६६ (इङ्ल्यान्ड)

विजेता– इङ्ल्यान्ड

उपविजेता– पश्चिम जर्मनी

तेस्रो– पोर्चुगल

चौथो– सोभियत युनियन

नवौं विश्वकप, १९७० (मेक्सिको)

विजेता– ब्राजिल

उपविजेता– इटाली

तेस्रो– पश्चिम जर्मनी

चौथो– उरुग्वे

दसौं विश्वकप, १९७४ (जर्मनी)

विजेता– पश्चिम जर्मनी

उपविजेता– नेदरल्यान्ड्स

तेस्रो– पोल्यान्ड

चौथो– ब्राजिल

११औं विश्वकप, १९७८ (अर्जेन्टिना)

विजेता– अर्जेन्टिना

उपविजेता– नेदरल्यान्डस

तेस्रो– ब्राजिल

चौथो– इटाली

१२औं विश्वकप, १९८२ (स्पेन)

विजेता– इटाली

उपविजेता– पश्चिम जर्मनी

तेस्रो– पोल्यान्ड

चौथो– फ्रान्स

१३औं विश्वकप, १९८६ (मेक्सिको)

विजेता– अर्जेन्टिना

उपविजेता– पश्चिम जर्मनी

तेस्रो– फ्रान्स

चौथो– बेल्जियम

१४औं विश्वकप, १९९० (इटाली )

विजेता– जर्मनी

उपविजेता– अर्जेन्टिना

तेस्रो– इटाली

चौथो– इङल्यान्ड

१५औं विश्वकप १९९४ (अमेरिका)

विजेता– ब्राजिल

उपविजेता– इटाली

तेस्रो– स्विडेन

चौथो– बुल्गेरिया

१६औं विश्वकप, १९९८ (फ्रान्स)

विजेता– फ्रान्स

उपविजेता– ब्राजिल

तेस्रो– क्रोएसिया

चौथो– नेदरल्यान्ड्स

१७औं विश्वकप, २००२ (दक्षिण कोरिया/जापान)

विजेता– ब्राजिल

उपविजेता– जर्मनी

तेस्रो– टर्की

चौथो– दक्षिण कोरिया

१८औं विश्वकप, २००६ (जर्मनी)

विजेता– इटाली

उपविजेता– फ्रान्स

तेस्रो– जर्मनी

चौथो– पोर्चुगल

१९औं विश्वकप, २०१० (दक्षिण अफ्रिका)

विजेता– स्पेन

उपविजेता– नेदरल्यान्ड्स

तेस्रो– जर्मनी

चौथो– उरुग्वे

२०औं विश्वकप, २०१४ (ब्राजिल)

विजेता– जर्मनी

उपविजेता– अर्जेन्टिना

तेस्रो– नेदरल्यान्ड्स

चौथो– ब्राजिल

२१औं विश्वकप, २०१८ (रुस)

विजेता– फ्रान्स

उपविजेता– क्रोएसिया

तेस्रो– बेल्जियम

चौथो– इंग्ल्यान्ड

२२औं विश्वकप, २०२२ (कतार)

विजेता– ?

उपविजेता– ?

तेस्रो– ?

चौथो– ?

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित