मिस वर्ल्डका नयाँ मालिकमा नेपाली मूलका व्यवसायी दीपेन्द्र गुरुङ पनि

मिस वर्ल्डका नयाँ मालिकमा नेपाली मूलका व्यवसायी दीपेन्द्र गुरुङ पनि
वर्तमान मिस वर्ल्ड क्यारोलिना बिलावास्कासँग दीपेन्द्र गुरुङ
www.europenepalikhabar.com २०७९ कार्तिक २४ गते बिहीबार, 10-11-2022


नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङ विश्वसुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)का सहमालिक बनेका छन् । गुरुङ स्वयं र प्रतिष्ठित ब्युटी पेजेन्ट वेबसाइट पेजेन्टइम्प्रेसले यसलाई पुष्टि गरेका छन् ।

यस वर्षको ७१ औं मिस वर्ल्ड संस्करणबाट गुरुङले औपचारिक रुपमा मिस वर्ल्डको नेतृत्व सम्हाल्नेछन् । स्थापनाकालदेखि नै मिस वर्ल्डको एकाधिकार बेलायती व्यवसायी जुलिया मोर्ले र उनको परिवारसँग थियो ।

गुरुङ परिवारले यस वर्षको मिस वर्ल्डदेखि नेतृत्व सम्हाल्ने खबर पेजेन्टइम्प्रेसले लेखेको छ र यसलाई दीपेन्द्रले सेयर पनि गरेका छन् । व्यवसायी गुरुङ युरोपको वायुसेवा कम्पनी हिमालय जेट र विश्वचर्चित फिल्मको मल्टिप्लेक्स चेन प्रिभे लक्जरी सिनेमाजका मालिक समेत हुन् ।

यस वर्षको मिस वर्ल्ड प्रतियोगिता सिंगापुर, जापान र पोल्याण्डमा गर्ने तयारी छ । यसका लागि वर्तमान विश्वसुन्दरीलाई लिएर दीपेन्द्र बुधबार सिंगापुर पुगेका छन् । सिंगापुरका संस्कृतिमन्त्री एडविन तोङसँग गुरुङको यसबारे बैठक पनि भएको छ ।

सन् २०२४ को विश्वसुन्दरी प्रतियोगिता नेपाल र भारतमध्ये एक ठाउँमा गर्ने समेत जनाइएको छ । नेपालमा मिस वर्ल्ड गर्ने कुरा दीपेन्द्रले उल्लेख गरे पनि मिति भने जनाइएको छैन ।

मिस वर्ल्डको वर्तमान कार्यकारी निर्माता स्टेफन मोर्लेले भने, ‘गुरुङ परिवार अब मिस वर्ल्डको विरासतसँग जोडिएको छ । हामी मिस वर्ल्डको ७१ औं संस्करणबाट यो समारोहलाई नयाँ उचाइमा लैजान चाहन्छौं । सामूहिक रुपमा कार्यक्रम र परोपकारलाई अघि बढाउनेछौं ।’


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित