हाइपर भन्ने अवैध नेटवर्किङको आर्थिक कारोबार गर्ने युरोपमा पक्राउ पर्दै को-को हुन् पोर्चुगलका ७ नेपाली ? स्केमीन भन्दै किन आत्तिएका केही व्यक्ति ?

हाइपर भन्ने अवैध नेटवर्किङको आर्थिक कारोबार गर्ने युरोपमा पक्राउ पर्दै को-को हुन् पोर्चुगलका ७ नेपाली ? स्केमीन भन्दै  किन आत्तिएका केही व्यक्ति ?
www.europenepalikhabar.com २०७९ कार्तिक २५ गते शुक्रबार, 11-11-2022


लिस्बन । हाइपर फन्ड, हाइपर भर्स, हाइपर नेसन जस्ता नामहरुबाट अवैध रूपमा नेटवर्किङ र गैर बैकिङ कारोबार संचालन गरी व्यापक रूपमा ठगी र आर्थिक अपचलन भएको भन्दै पोर्चुगलको निकायमा पनि पीडितहरुले उजुरी गरेको खबर प्राप्त भएको छ । यस्तो आर्थिक अबैध कारोबार गर्ने पोर्चुगलका ७ जना नेपालीलाई  पक्राउको तयारी भएको बुझिएको छ ।  ग्रुपमा न्युज सेयर हुन साथ केही व्यक्ति स्केमिङ भन्दै आतिएका छन् किन ?पीडितहरुले हाम्रो चौतारी भन्ने टेलेग्राम ग्रुप खोलेर उजुरी गरेको जानकारी दिएका छन् ।


खासगरी पोर्चुगलस्थित सर्वसाधारण नेपाली, भारतीय र बंगलादेशी नागरिकहरुलाई अनेकौं झुट्टा आश्वासन र प्रलोभनमा पारी जुम, टेलेग्राम र म्यासेन्जर लगायतका अनलाइन र भर्चुअल माध्यम प्रयोग गर्दै  सेमिनारका माध्यमबाट "इमोसनल ब्याकमेलिङ" गरी प्याकेज किन्ने भन्दै लाखौं युरो ठगी भएपछि पीडितहरु कानुनको सहारामा पुगेको बताइएको छ ।

यस्तो खालको गैर बैकिङ आर्थिक कारोबार र क्रियाकलापलाई युरोपको कानुनले गम्भीर आर्थिक अपराधको रूपमा लिने गर्दछ ।


खासगरी यो नेटवर्किङ ठगी धन्दामा संलग्न केही नेपाली नाइकेहरु र इन्डियनहरुको नाममा उजुरी परेको भन्ने खबर छ । अनुसन्धान गरी कानुनको दायरामा ल्याउनु पर्ने र यस्ता व्यक्तिहरु भाग्न, लुक्न सक्ने हुँदा नामहरु गोप्य राखिएको जनाइएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित